नेपाली

महामारी र खोपबारे डाक्टर चोङ नान शानको पछिल्लो भनाइ

cri2020-11-17 15:40:22

नोभेम्बर १६ तारिखबाट क्वान चौ अन्तर्राष्ट्रिय जैविक मञ्च २०२० चीनको क्वाङ चौ शहरमा शुरु भएको छ। चिनियाँ इन्जिनियरिङ प्रतिष्ठानका शिक्षाविद् डाक्टर चोङ नान शानले उक्त मञ्चको उदघाटन समारोहलाई सम्बोधन गर्नुहुँदै महामारीको पछिल्लो अवस्थाबारे जानकारी दिनुभएको छ।

डाक्टर चोङ नान शानकाअनुसार, चीनले महामारीको सफलताका साथ नियन्त्रण गर्नुको कारण “मानिसको जीवनलाई सर्वोच्च स्थानमा राख्ने” विचार र आबास समुदायद्वारा गरिएको स्तरीय रोकथाम तथा नियन्त्रण हो। यसका साथै चिकित्सा र वैज्ञानिक अनुसन्धानको संयुक्त प्रयास कोरोना भाइरस महामारीको रोकथाम तथा उपचार क्षेत्र अग्रस्थानमा रहेको छ।

खोप अनुसन्धान तथा विकास क्षेत्रमा डाक्टर शानको विचारमा विदेशी फाइजर खोपले मात्रै ९० प्रतिशतको सङ्क्रमण रोक्नसकिने होइन क्वाङ तोङ प्रान्तलगायत चिनियाँ खोपको अनुसन्धान र विकासको स्तर पनि बराबरको छ।

Close
Messenger Pinterest LinkedIn