नेपाली

पैचिङमा ८० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरूको संख्या ६ लाख ३० हजार

cri2020-10-19 14:58:10

अक्टुबर १८ तारिख पैचिङ वृद्ध कार्यालय र पैचिङ वृद्ध संघले संयुक्त रूपमा "सन् २०१९ पैचिङ वृद्धवृद्धा सम्बन्धित विकास प्रतिवेदन" सार्वजनिक गरेको छ। सन् २०१९ को अन्तसम्ममा पैचिङमा दर्ता भएका ६० वर्ष उमेर पुगेका स्थायी बासिन्दाको कुल जनसंख्या ३६ लाख ७७ हजार पुगेको छ। यो पैचिङको कूल जनसंख्याको २६.३ प्रतिशत हो। जसबाट पैचिङमा प्रत्येक २.३ मजदुरमा एक वृद्ध रहेको प्रतिवेदनले देखाएको छ। यसका साथै प्रतिवेदन अनुसार, सन् २०१९ सम्म पैचिङमा ८० वर्ष भन्दा माथिका वृद्धवृद्धाहरूको संख्या ६ लाख ३० हजार पुगेको छ।

Close
Messenger Pinterest LinkedIn