नेपाली

गरिबबाट लोकप्रिय पशुपालकसम्म

cri2020-10-09 14:56:57

४७ वर्षीय ली युस्यान चीनको आनह्वी प्रान्तीय यिङशाङ जिल्लाको ली च्वाङ गाउँका गाउँले हुन्। सन् २०१५ सम्म उनको नाम गरिब जनताको रूपमा दर्ता थियो।

स्थानीय अधिकारीले उनलाई पूँजी तथा प्रविधिको सहयोग दिएपछि उनले दर्जनौं भेडा किनेका छन्। कृषि प्राविधिकको निर्देशन तथा प्रेरणामा लीले भेडाको पालन प्रविधि सिकेर आर्थिक अवस्था क्रमशः सुधार बन्दै गएको छ। सन् २०१६ मा उनले पालन गरेको भेडाको संख्या तीसभन्दा बढी पुगेको थियो। जसबाट उनी सफलताका साथ गरिबीबाट मुक्त भएका छन्।

उनको निरन्तर प्रयासपछि हाल उनी स्थानीय लोकप्रिय पशुपालक बनेका छन्। हाल उनीसँग लगभग तीन सयवटा भेडा छन्। त्यसका साथै उनले अरू गाउँलेलाई पनि भेडाको पालन प्रविधि सिकाउने गरेका छन्।

Close
Messenger Pinterest LinkedIn