नेपाली

अमेरिकी राजनीतिज्ञको गडबडीबाट विश्व नै खस्किँदै

CRI2020-08-13 10:29:26

हाल रोयटर्सका पत्रकार शुति शाकाले एउटा रिपोर्टमा महामारी फैलिनुअघि अमेरिका विश्व आर्थिक वृद्धिको प्रमुख इन्जिन भएपनि हाल विश्व अर्थतन्त्र खस्काउँदै लगेको कुरा व्यक्त गर्नुभएको छ।

महामारी फैलिएपछि अमेरिकी संघीय रिजर्वले असीमित प्रोत्साहन नीति चालेर अमेरिकाको अर्थव्यवस्थालाई समर्थन गरेको छ तर अमेरिकी अर्थव्यवस्थालाई पछारिनबाट जोगाउन सकिरहेको छैन। हाल डलर सूचकांक दुई वर्षयताको न्यून स्तरमा झरेको छ भने जुलाइमा दश वर्षयता गिरावट पनि महिनामै सबैभन्दा ठूलो मात्रामा भएको छ। गत मार्चदेखि अमेरिकामा बेरोजगार संख्या ५ करोड १० लाख पुगेको छ। दोस्रो त्रैमासिक अमेरिकी जीडीपी ३२.९ प्रतिशत घटेको छ भने सन् १९४७ मा रेकर्ड भएयताकै सबभन्दा बढी भएको छ। वाशिङ्टन पोस्टले अमेरिकी अर्थव्यवस्थाको पुनरूत्थान विफल भएको भनेको छ। अन्तर्राष्ट्रिय मूल्याङ्कन एकाइ फिच रेटिङले अमेरिकी सार्वभौम क्रेडिट रेटिंग आउटलुकलाई स्थिरदेखि निस्क्रियसम्म झारेको छ।

धेरै विश्लेषकका विचारमा महामारीको सामना गर्दा वर्तमान अमेरिकी सरकारको सबैभन्दा घातक गल्ती भनेको भाइरसमाथि वैज्ञानिक धारणा नराखेर राजनीतिक धारणा राख्नु हो। जसबाट अमेरिकामा महामारी नियन्त्रण नभएसँगै बेरोजगारी बढेर आर्थिक अवस्थामा ठूलो प्रभाव परेको छ। बेलायती गार्जियन्सले महामारीबारे अमेरिकी नेताको झूटो अभिव्यक्ति लगातार पाँच महिनासम्म चलेको र जसले अमेरिकामा महामारी फैलिएको र आर्थिक स्थिति शिथिल हुनुको प्रमुख कारण रहेको उल्लेख गरेको छ।

बाहिरबाट हेर्दा अमेरिकी सरकारका गतिविधिबारे बुझ्न गाह्रो छ तर वास्तवमा सहजै बुझिन्छ। ती सबै गलत निर्णय र चुनावसँग सम्बन्धित रहेका देखिन्छन्। ती अमेरिकी राजनीतिज्ञले चुनावमा मत पाउन बेईमानी गर्दै अमेरिकी सर्वसाधारणबाट फाइदा र राष्ट्रिय भविष्यको मूल्य चुकाउन बाध्य पारेका छन्।

अझ उदेकलाग्दो कुरा त वर्तमान सरकारका अनेकौँ गडबडीको विस्तृत प्रभाव फैलाउँदैछ र विश्वस्तरलाई नै खस्काउँदैछ।

माहामारीको रोकथाम तथा नियन्त्रणको सम्बन्धमा अमेरिकाले ठूलो मुलुकको जिम्मेवारी नलिनुका साथै सारा विश्वको महामारी रोकथाम तथा नियन्त्रण सहयोगलाई ध्वस्त गरिरहेको छ। अन्तर्राष्ट्रिय महामारी रोकथामको केन्द्रीय अवधिमा अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलगिएको छ जसबाट गम्भीर रुपमा सारा विश्वद्वारा महामारीको रोकथामका लागि गरिएको प्रयासलाई कम्जोर बनाएको छ। यसका अतिरिक्त अमेरिकाले एकातिर अन्तर्राष्ट्रिय कोभिड-१९ खोपको अनुसन्धान तथा विकास सहयोगमा पूँजी लगाउन अस्वीकार गर्दै अर्कातिर कपटी र धूर्त्याइँले सारा विश्वको खोप अनुसन्धान तथा विकासमा हस्तक्षेप गरेको छ।

आर्थिक विषयमा अमेरिका नै सारा विश्वको अर्थतन्त्र पुनरुत्थानको एक मुख्य जोखिम बन्दै गएको छ। सारा विश्व अर्थतन्त्रको सवा अंश बोक्ने अमेरिकाको अर्थतन्त्रमा ह्रास भैरहेकाले विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण नकारात्मक प्रभाव पारेको छ। साथै कम्जोर वाणिज्य वातावरणले पनि अमेरिकी व्यवसायद्वारा विदेशका लागि लगानीकर्ता शक्तिलाई कमजोर बनाउने छ। यस पृष्ठभूमिमा अमेरिकी नेताले दायित्वबोधको कुराभन्दा चीनलाई बदनाम गर्ने कुरालाई अझ महत्व दिएका छन्।

Close
Messenger Pinterest LinkedIn