नेपाली

हरियो पहाडमा खजुर खेती तथा भेडा पालन

CRI2020-07-14 09:20:38

गत महिना चीनका राष्ट्राध्यक्ष सी चिनफिङले कहाँको निरीक्षण गर्नुभयो? तपाईंलाई थाहा छ कि? हो त, नीङ स्या ह्वी जातीय स्वायत्त प्रदेशको। आजको कार्यक्रममा हामी नीङ स्या ह्वी जातीय स्वायत्त प्रदेशको चुङ नीङ जिल्लामा मा थ्यानच नामक गाउँलेको जीवन हेरौं।

मा थ्यानच चुङ नीङ जिल्ला हानच्याउश्वी बस्तीको एकजना किसान हुनुहुन्छ। पहिले हान च्याउ श्वी बस्तीले सुख्खा तथा गरिबको प्रतिनिधित्व गर्थ्यो। मान थ्यानचले आकाशद्वारा खाद्यन्न पाउनुपर्थ्यो। तर कृषिको उत्पादन ज्यादै कम भएका हुनाले उहाँ दर्ता गरिएको गरिब बन्नुभयो।

केही वर्षयता नीङ स्या ह्वी जातीय स्वायत्त प्रदेशको सरकारले पर्यावरणीय सुरक्षा परियोजना, वृक्षरोपण परियोजना र वन संरक्षकका लागि विपन्न उन्मुलन परियोजनाको कार्यान्वयन गरेको छ। यी पर्यावरणीय विपन्न उन्मुलन परियोजनाद्वारा पहेँलो नदीको पानी हानच्याउश्वी बस्तीमा प्रवेश गराइएको छ।

यी परियोजनामा मा थ्यानचले ०.९ हेक्टरको मकै र २ हेक्टरको आलु र मल्टीग्रेन रोपण गर्नुभएको छ। साथै उहाँले राष्ट्रको सुधार नीति पालना गरेर पहिले खेती गरेको ०.७ हेक्टर जग्गालाई पुनः बन जङ्गलमा र १६ हेक्टर जग्गालाई घाँसे मैदानमा परिणत गर्नुभएको छ। खेती गर्न सिंचाईको समस्या पनि समाधान गरिएको छ।

"एक मु अर्थात् ०.०७ हेक्टरको खेती चालीस मिनेटमा सिंचाइ गर्न सकिन्छ। हामी खेतीको क्षेत्रफलबमोजिम खेतीमा सिचाई गर्छौं। चालीस मिनेटपछि मैले पानी पाइपको प्रयोग अधिकार अर्को परिवारलाई हस्तान्तरण गर्नुपर्छ।"

त्यसपछि उहाँले १.४ हेक्टरको खेती किनेर खजुर खेती थाल्नुभएको छ। हरेक वर्ष खजुरको उत्पादन मात्रा ३ हजार केजी पुगेको छ। त्यसबाहेक उहाँले करिब १०० वटा भेडा पनि पाल्नु भएको छ। यी भेडाहरूमध्ये लगभग तीसवटा भेडी भएको मा थ्यानचले खुशीयाली रूपमा जानकारी दिनुभएको छ। जसबाट मा थ्यानचको परिवारमा हरेक जनाको सरदर आम्दानी दश हजार युआन पुगेको छ।

सन् २०१८ मा थ्यानचले १३० वर्गमिटरको नयाँ आवासको निर्माण गर्नुभयो। उहाँले गरिबको हैसियत छोडेर सम्पन्न जीवन बिताउन थाल्नुभएको छ।

"हरेक परिवारले यस्तो राम्रो जीवन बताउन सक्छन्। रूख रोपेर पूरै पहाड हरियो बनेको छ। यो मेरो सम्पन्न जीवनको सपना हो।"

पहिले हान च्याउ श्वी बस्तीका सबै १९ गाउँ गरिब गाउँ हुनुका साथै त्यसमध्ये ५ वटा अति गरिब गाउँ थिए। हाल पूरै १९ गाउँमै गरिबीबाट मुक्त भएका छन्।

मा थ्यान चको सापन्न जीवनको सपना साकार भएको छ।

Close
Messenger Pinterest LinkedIn