नेपाली

अनलाइन बालअस्पताल संचालनमा

CRI2020-05-14 10:09:00

मै १३ तारिखबाट फुतान विश्वविद्यालयमातहत बाल अस्पतालका डाक्टरहरूले अनलाइन प्ल्याटफर्ममार्फत् बिरामी बालबालिकाको पुन: उपचार गर्न थालेका छन्। बिरामीहरूले श्रव्य, दृश्य तथा अक्षरहरूमार्फत् डाक्टरहरूसँग अन्तर्क्रिया गर्न सक्छन्। डाक्टरहरूले बिरामीको अवस्थाबमोजिम निदान गर्छन् भने चाहिने औषधि कुरियरबाटै बिरामीको घरमा पुर्याइदिने व्यवस्था छ।

सोही दिन अनलाइन संचालनमा आएका डाक्टरहरू अन्तःस्राव, रक्त विज्ञान तथा नेफ्रोलोजीसम्बन्धका हुन्। पछि जनरल आन्तरिक चिकित्सा, गैस्ट्रोएन्ट्रोलजी आदि क्षेत्रसम्म विस्तार गरिने बताइएको छ। यस्तो अनलाइन अस्पतालबाट मुख्यतया सामान्य तथा दीर्घ रोगलागेकाहरू र अस्पतालभन्दा टाढा क्षेत्रका बिरामीहरू लाभान्वित हुने विश्वास छ।

Close
Messenger Pinterest LinkedIn