नेपाली

गरिब मानिसबाट दश लाख युआन सम्पतिको धनी मानिस

CRI2020-04-24 10:22:12

आन व्है प्रान्तीय फु नान जिल्लाको यान म्याउ गाउँका वासिन्दा तुङ ह छिनको उमेर चालु वर्ष ६७ वर्ष पुगेको छ।

पहिले उनको छोरा बिरामी भइरहँदा उपचारमा धेरै खर्च लागेको थियो र परिवार निकै गरिब बन्न पुगेको थियो। सन् २०१५ मा गाउँका अधिकारीहरूले उनलाई दुइ मू अर्थात् ०.१३३ हेक्टरको जमिनमा खुर्सानी रोप्न मद्दत गर्नुका साथै उनलाई छ हजार युआनको सहायता रकमका लागि सहयोग गरेका थिए। सन् २०१६ मा तुङ ह छिनले २४ मू अर्थात् १.६ हेक्टरको जमीन करारमा लिइ खुर्सानी रोपेका थिए। सोही वर्ष उनको आम्दानी दुई लाख युआन पुगेको थियो र उनको परिवार गरिबीबाट मुक्त भएको थियो।

हाल उनले ६० मू अर्थात् ४ हेक्टर जमीनको करार गरेका छन्। सन् २०१९ मा उनको आम्दानी ६ लाख युआनभन्दा बढी भएको छ। उनको परिवारको सम्पति १० लाख युआन पुगेको छ।

Close
Messenger Pinterest LinkedIn