नेपाली

प्रत्यक्ष प्रसारणबाट बिक्री बढाउँदै

CRI2020-04-24 10:04:00

अप्रिल २३ तारिख शानतोङ प्रान्तीय लिनयी शहरको यानछन जिल्लामा अवस्थित फूलबजारमा व्यापारी लीलिमैले इन्टर्नेट प्लस र प्रत्यक्ष प्रसारणमार्फत् आफ्नो ताजा फूलको जानकारी दिँदै प्रचार र विक्री गरेकी छिन्।

उनले यसै माध्यमबाट हरेक दिन ७०० वटासम्म अर्डर पाउने गरेकी छिन्।

वास्तवमा हिजोआज चीनमा प्रत्यक्ष प्रसारणमार्फत् सामान किन्ने तरिकालाई बढीभन्दा बढी उपभोक्ताले सामान्य रूपमा लिँदै गइरहेका छन् भने व्यापारीहरूले पनि यसै तरिकामार्फत् आफ्ना उत्पादित वस्तुको विक्री विस्तार गर्नथालेका छन्। प्रत्यक्ष प्रसारणबाटै चिनियाँ उपभोक्ताहरूले कुखुरा, अण्डा, अदुवालगायत विविध किसिमका सामान किन्न सक्छन्।

Close
Messenger Pinterest LinkedIn