नेपाली

विभिन्न देशका खेलाडी तथा प्रशिक्षकहरु विश्व टेबल टेनिस कम्पनीको भविष्यप्रति आशावादी

CRI2020-04-06 20:47:43

अन्तर्राष्ट्रिय टेबल टेनिस संघले गत मार्च ३ तारिख विश्व टेबल टेनिस कम्पनीको स्थापना गर्ने घोषणा गरेको थियो। सो कम्पनीले सन् २०२१ देखि अन्तर्राष्ट्रिय टेबल टेनिस संघको व्यापार तथा प्रतियोगिता सम्बन्धी पूंजीको संचालन गरी ग्रान्ड स्लाम प्रतियोगिता तथा विश्व टेबल टेनिस कम्पनीका श्रृंखला प्रतियोगिता लगायत नयाँ प्रतियोगिताको आयोजना गर्ने योजना बनाएको छ। अन्तर्राष्ट्रिय टेबल टेनिस संघले हाल यस्तो महत्वपूर्ण कदम चाल्नुको अर्थ के हो? विभिन्न देशका खेलाडी तथा प्रशिक्षकहरुले यस कदमप्रति के कस्तो धारणा राखेका छन्? अन्तर्राष्ट्रिय टेबल टेनिस संघ कतार खुला प्रतियोगिताको अवधिमा चाइना मिडिया ग्रुपका पत्रकारले सम्बन्धित कर्मचारीसँग अन्तर्वार्ता लिएका छन्।

अन्तर्राष्ट्रिय टेबल टेनिस संघले मार्च ३ तारिख विश्व टेबल टेनिस कम्पनीको स्थापना गर्ने निर्णय गरेको थियो। सो कम्पनी अन्तर्राष्ट्रिय टेबल टेनिस संघको व्यवस्थापनमा रहेको एउटा व्यापारिक कम्पनी हुनेछ। सन् २०२१ देखि सो कम्पनीले अन्तर्राष्ट्रिय टेबल टेनिस संघका व्यापार तथा प्रतियोगिता सम्बन्धी पूंजीको संचालन गर्ने, विभिन्न किसिमको प्रतियोगिताको सुधार गर्ने तथा प्रतियोगिताको बोनसलाई ठूलो मात्रामा बढाउने छ। त्यस बेलामा विश्व टेबल टेनिस कम्पनीका विभिन्न किसिमका प्रतियोगिताहरुको कूल बोनस २ करोड अमेरिकी डलर पुग्ने साथै सम्पूर्ण पेशागत खेलाडीहरुलाई प्रतियोगितामा भाग लिने यथेष्ट अवसर प्रदान गरिने छ।

अन्तर्राष्ट्रिय टेबल टेनिस संघका अनुसार, उक्त कदम टेबल टेनिस खेलको चौतर्फी रूपमा सुधार गर्ने विशाल परियोजना हो। नयाँ प्रतियोगिताहरूको आयोजनाले प्रतियोगितामा भाग लिने अरु बढी मौका, प्रतियोगितामा अरु बढी बोनस लगायत धेरै सकारात्मक प्रभाव ल्याउने छ। अन्तर्राष्ट्रिय टेबल टेनिस संघको बजार प्रबन्धक सिंगापुरबासी श्वे छिङ हाउले यस कदमले टेबल टेनिस खेललाई नयाँ युगमा लैजाने विश्वास व्यक्त गरे।

व्यापारिक क्षेत्रमा टेबल टेनिसको ठूलो निहित शक्ति रहेको हामीले पत्ता लगाएका छौं। केही परिवर्तन मार्फत टेबल टेनिसका शौखिनहरुलाई प्रतियोगिताको अवलोकनमा थप बढी आकर्षण गराउनसक्ने आशा अन्तर्राष्ट्रिय टेबल टेनिस संघले राखेको छ। हाम्रो अर्को विचार के हो भने, अरु केही खेलको तुलनामा हिजोआज टेबल टेनिस प्रतियोगिताको बोनस कम छ। प्रतियोगिताको बोनसलाई बढाइएबाट टेबल टेनिसका खेलाडीहरुले प्रतियोगितालाई अरु बढी ध्यानाकर्षण दिनसक्ने आशा पनि हामीले गरेका छौं।

सम्बन्धित योजनाका अनुसार, सन् २०२१ देखि अन्तर्राष्ट्रिय टेबल टेनिस संघले ग्रान्ड स्लाम तथा अरु चार स्तरको श्रृंखला प्रतियोगिताको आयोजना गर्ने छ। तीमध्ये श्रृंखला प्रतियोगिताले सम्पूर्ण पेशागत खेलाडीहरुलाई यथेष्ट मौका प्रदान गर्ने र त्यसको कूल बोनस ८० लाख अमेरिकी डलर पुग्नेछ। यसका साथै ग्रान्ड स्लामले पेशागत टेबल टेनिसको सर्वोच्च स्तरको प्रतिनिधित्व गर्नेछ। हरेक वर्ष ग्रान्ड स्लामका लागि चार वटा शाखा स्थलको प्रतियोगिता राखिनेछ। हरेक शाखा स्थलको प्रतियोगिता १० दिनसम्म चल्ने छ र त्यसको बोनस ३० लाख अमेरिकी डलर हुनेछ। विश्वका जम्मा १२८ जना सर्वोच्च पुरुष तथा महिला खेलाडीले मात्र यस प्रतियोगितामा भाग लिन पाउने छन्।

पोर्चुगलको पुरुष टेबल टेनिस टोलीका निर्देशक खुङ को फिङले यस्तो सुधारले खेलाडीहरु विशेष गरी उच्च स्तरका खेलाडीहरुको तलब बढ्नुका साथै उनीहरुलाई अरु सक्रिय पार्नसक्ने र टेबल टेनिस खेलको विकासका लागि यो उपयोगी हुने बताए।

सुधारमार्फत धेरै प्रतियोगिताहरुको बोनस बढ्नेछ। साथै उच्च स्तरका खेलाडीहरुको आम्दानी पनि बढ्ने छ र उनीहरुले अझ सक्रियताका साथ तालिम र प्रतियोगितामा भाग लिने छन्।

केही युवा खलाडीहरुले पनि अन्तर्राष्ट्रिय टेबल टेनिस संघको सुधारको स्वागत गरेका छन्। चिनियाँ राष्ट्रिय टोलीका खेलाडी चौ युले यसरी भने,

यस्तो सुधार एउटा राम्रो कुरा हो। अहिले विद्यमान समस्याको समाधानमार्फत टेबल टेनिसलाई अरु आकर्षित पारिनेछ। यसका साथै युवा खेलाडीहरुले पनि अरु बढी प्रतियोगितामा भाग लिन पाउने छन्।

Close
Messenger Pinterest LinkedIn