नेपाली

चीनमा अध्ययन गरेका जिम्बाब्वेका विद्यार्थी टाफाराको कथा

CRI2020-04-03 09:55:50

जिम्बाब्वे चीनको परम्परागत मैत्रीपूर्ण मुलुक हो। दुई मुलुकका जनताहरूले गत शताब्दीको राष्ट्रिय मुक्ति आन्दोलनको अवधिमा गहिरो मित्रता स्थापना गरेका थिए। वर्तमान कालमा जिम्बाब्वेका धेरै युवायुवतीले चिनियाँ भाषा बोल्न जान्नुका साथै चीनबारे जानकारी राखेका छन्। उनीहरू चीन र जिम्बाब्वेको मित्रतालाई निरन्तरता दिने सद्भावना दूत बन्दैछन्। चीनमा अध्ययन गरेका जिम्बाब्वेका युवक टाफारा मुग्नारा उनीहरूमध्येका एक हुन्।

"मेरो नाम टाफारा हो। हाल म २९ वर्षको भएँ। मैले जिम्बाब्वे विश्वविद्यालयबाट स्नातक गरेको थिएँ। सन् २०१६ देखि सन् २०१९ सम्ममा मैले स्या मन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धमा मास्टर डिग्री गरेँ।"

जिम्बाब्वे विश्वविद्यालयमा पढ्दा टाफाराले जिम्बाब्वे विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटमा तीन वर्षसम्म चिनियाँ भाषा सिकेका थिए। सन् २०१४ मा उनले एच.एस.के. चिनियाँ भाषा परीक्षा पास गरी जिम्बाब्वे विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको छात्रवृत्ति पाएका थिए। त्यसपछि उनी अध्ययन गर्न चीन आएका थिए। टाफाराकाअनुसार, चिनियाँ भाषाको सिकाईले उनलाई जीवनमा सुअवसरहरू उपलब्ध गराएको छ। उनी भन्छन् "चीन हाल विश्वको दोस्रो ठूलो आर्थिक समूह हो र अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। भविश्यमा चिनियाँ भाषा बोल्नजान्नु निकै महत्वपूर्ण हुनेछ। चिनियाँ भाषा सिकेपछि चीनको राजनीति, अर्थतन्त्र, संस्कृतिबारे जानकारी लिनसकिन्छ।"

सन् २०१४ मा टाफाराले चिनियाँ जन विश्वविद्यालयमा एक वर्षसम्म चिनियाँ भाषा सिकेका थिए। त्यसपछि उनले स्या मन विश्वविद्यालयमा मास्टर तहको अध्ययनका लागि आवेदन दिएका थिए। उनले चीन बसाइको पाँच वर्षको अवधिमा धेरै चिनियाँ साथीहरू बनाएका थिए। सो अवधिमा चीनका धेरै ठाउँको अवलोकन पनि गरे। चीनको पूर्ण आधारभूत प्रबन्ध, सुविधाजनक यातायात, खास गरी विज्ञान तथा प्रविधिको तीब्र विकास देखेर उनलाई अचम्म लागेको छ। उनी भन्छन् "मलाई मन पर्ने शहर शन चन शहर हो। तीस वर्षअगाडि शन चन शहरको विकास भएको थिएन र एक सानो मत्स्य गाउँ थियो। हाल शन चन शहर एउटा विकसित शहर बनेको छ र चीनको वैज्ञानिक तथा प्राविधिक केन्द्र बनेको छ। जिम्बाब्वेले चीनबाट विज्ञान तथा प्रविधिको विकास सिक्नसक्ने मेरो इच्छा छ।"

सन् २०१९ जुलाई महिनामा टाफाराले आफ्नो पढाइ सिध्याएर जिम्बाब्वे फर्के। उनले चिनियाँ पूँजीबाट संचालित कम्पनीमा अनुवादकको काम पाए। उनका आँखामा अनुवादकले सांस्कृतिक आदान-प्रदानमा पुलको काम गरेको छ। अनुवादक दुई मुलुकका जनताको मित्रतालाई बढाउने व्यक्ति हुन्। कामको सिलसिलामा उनले चीन र जिम्बाब्वेका लागि आर्थिक सहयोगको महत्वपूर्ण अर्थको अनुभव गरेका छन्। उनी भन्छन् "चीन र जिम्बाब्वे साझेदार हुन्। मेरो विचारमा चिनियाँ उद्योग व्यवसायले जिम्बाब्वेमा लगानी लगाउन पारस्परिक हितयुक्त छ।"

टाफाराजस्तै जिम्बाब्वेका पाँच हजार विद्यार्थीहरूले चीनका विभिन्न विश्वविद्यालयबाट स्नातक गरेका छन्। उनीहरूले जिम्बाब्वेको शिक्षा, संस्कृति, चिकित्सा, उत्पादनआदि विभिन्न क्षेत्रमा रोजगार पाएका छन्। उनीहरूले आफ्नो मुलुकको विकासलाई बढाउन र चीन र जिम्बाब्वेबीचको मित्रताका लागि रचनात्मक भूमिका निर्वाह गरेका छन्।

Close
Messenger Pinterest LinkedIn