नेपाली

स्वरोजगारका लागि जन्मथलो फर्केका किसानहरू

CRI2020-03-12 10:07:09

क्वाङ सी प्रान्तको ल्यौ चौ शहरमातहतको लु चाइ जिल्लाको ४ लाख जनसंख्यामध्ये करिब ९० हजार मानिस रोजगारको खोजीमा अरू शहर र प्रान्तमा गएका थिए। हालैका वर्षहरूमा गरिबी निवारण र ग्रामीण पुनरूत्थान रणनीति गहिरो रूपमा अगाडि बढाइरहेकोले लु चाइ जिल्लाको पनि अर्थतन्त्र तीब्र रूपमा विकास भएको छ। जसकारण धेरैभन्दा धेरै कामको खोजीमा बाहिरीएकाहरू विकास मौका खोज्न जन्मथलो फर्केका छन्। साथै स्थानीय सरकारले किसान स्वरोजगार पार्कको निर्माण गरी जन्मथलो फर्केकाहरूलाई सहायता पनि प्रदान गर्दैआएको छ। हालसम्म लु चाइ जिल्लामा स्वरोजगार गर्न जन्मथलो फर्केका किसानहरूको संख्या १३ हजार पुगेको छ।

Close
Messenger Pinterest LinkedIn