नेपाली

स्वास्थ्यकर्मीलाई सलाम !

CRI2020-02-04 11:12:00

कोरना भाइरसबाट धेरै आमनागरिकहरू सङ्क्रमित र प्रभावित भएपछि चीनको हुपै प्रान्तको सदुरमुकाममा अवस्थित ऊहानका अस्पतालहरूमा कार्यरत् स्वास्थ्यकर्मीहरूले अहोरात्र खटेर सेवा प्रदान गरिरहेका छन्।

यस भाइरसको उद्गमस्थल मानिएको ऊहान र आसपासका शहरहरूमा यस भाइरस सङ्क्रमित धेरै भेटिएका छन्।

समग्रमा मङ्गलबार बिहानसम्म हुपै प्रान्तमा मात्र १३ हजारभन्दा बढी मानिसहरू उक्त भाइरसबाट सङ्क्रमित भएका छन्। साथै हालसम्ममा समग्रमा ६३२ जनाको सफल उपचार भइसकेको छ।

यी तस्वीरहरूमा आफ्नो जीवनलाई जोखिममा राखेर भाइरस सङ्क्रमितको उपचारमा अहोरात्र खटेका यी स्वास्थ्यकर्मी, चिकित्सक तथा कर्मचारीहरू केही क्षण कार्यस्थलमा सुस्ताइरहेको देख्नसकिन्छ। यी बहादुर, 'हिरो' र 'एञ्जल्स' देवदुतहरूलाई हार्दिक नमन।

Close
Messenger Pinterest LinkedIn