नेपाली

म्यान्मारतर्फ सागसब्जीको बिक्री गर्ने चिनियाँ किसानहरू

CRI2020-01-15 16:23:14

हरेक दिन बिहान सबेरै साढे चार बजे चीन र म्यान्मारको सिमानाको ता लो नाकाबाट करीब एक किलोमिटरको ठाउँमा "अन्तर्देशीय किसानहरूले" सागसब्जीको प्याकिंग गर्दैछन्। युन नान प्रान्तीय सी श्वाङ पान ना ताइ जातीय स्वायत्त क्षेत्रको मान पाङ गाउँमा बसोबास गरिरहेकी यु खान ती किसानहरूमध्येकी एक हुन्। उनका अनुसार, चीनको तुलनामा म्यान्मारमा सागसब्जीको खरीद गर्ने व्यक्तिहरू धेरै छन् र सागसब्जीको मूल्य पनि बढी छ। हाल सिमानामा सागसब्जीको बिक्री गर्नु उनको परिवारको मुख्य आर्थिक श्रोत बनेको छ। हरेक महिना उनको आम्दानी छ हजार चिनियाँ युआन पुगेको छ।

Close
Messenger Pinterest LinkedIn