नेपाली

रोमका उच्च माध्यमिक विद्यालयका विद्यार्थी चङ यान खको चिनियाँ कथा

CRI2019-12-23 14:52:35

इटालीको उच्च माध्यमिक विद्यालयमा चङ यान ख नाम भएका एक जना विद्यार्थी छन्। हालै उनले चीनको चङ चौ शहरमा आयोजित "चिनियाँ पूल" विश्व माध्यमिक विद्यालयको चिनियाँ भाषा प्रतियोगिता समेत जितेका छन्।

चङ यान खले पाँच वर्षअघि चिनियाँ भाषा पढ्न शुरु गरेका थिए। हरेक वर्ष उनले चीनको भ्रमण गर्ने गरेका छन्। केही वर्षदेखि चीनमा भएको फड्को मार्ने विकासले उनको मनमा गहिरो छाप परेको छ। चिनियाँ भाषा उनको दैनिकी बनेको छ साथै चिनियाँ संस्कृति उनको विचारको एउटा महत्वपूर्ण भाग बनिसकेको छ।

Close
Messenger Pinterest LinkedIn