नेपाली

बेइजिङमा नयाँ गुणस्तरीय उत्पादनको खोज-१

CRI2024-06-06 10:19:58

चीनले विज्ञान तथा प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको छ। हाल, चीनले नयाँ गुणस्तरीय उत्पादकत्वको विकासलाई निकै महत्व दिएको छ। नयाँ गुणस्तरीय उत्पादकत्वको विकास चीनको आधुनिकीकरणकालागि महत्त्वपूर्ण शक्ति बनेको छ साथै यो गुणस्तरको विकासको प्रवर्द्धनका लागि निकै महत्त्वपूर्ण छ।

सन् १९९० मा स्थापित चाइना डिजिटल भिडियो (सीडीभी) लिमिटेड एक राष्ट्रिय स्तरको हाई-टेक उद्यम हो। करिब तीन दशकदेखि सीडीभी डिजिटल मिडिया क्षेत्रमा सामग्री उत्पादन र सञ्चालनका लागि उन्नत उत्पादन, प्रविधि तथा सेवाहरू उपलब्ध गराएँदैआएको छ।

सीडीभीले सीजीटीएन "बेल्ट एन्ड रोड न्यूज एक्सचेन्ज क्लाउड प्लेटफर्म" सहित देशव्यापी रूपमा प्रमुख ठूला-स्केलका कन्भर्ज्ड मिडिया प्लेटफर्महरूको विकासको नेतृत्व गरेको छ।

Close
Messenger Pinterest LinkedIn