नेपाली

निरन्तर ६ महिनासम्म चीन-लाओस रेलमार्गद्वारा यात्रीको संख्यामा रेकर्ड कायम

CRI2024-03-18 14:57:32

मार्च १८ तारिख चाइना रेलमार्ग खुन्मिङ ब्यूरो ग्रुप कम्पनीले जनाए अनुसार, गत वर्षको सेप्टेम्बरदेखि लगातार ६ महिनासम्म चीन-लाओस रेलमार्गले बोकेको यात्री संख्यामा रेकर्ड कायम गरेको छ। यात्री संख्यामा धेरै पटक रेकर्ड बनाइएको छ।

गत ६ महिनामा, चीन-लाओस रेलमार्गको यात्रीको संख्या बढ्दै गएको छ। जसले १० लाखदेखि सबैभन्दा धेरै २२ लाख २२ हजारसम्म यात्रु ओसारेर धेरै पटक उच्चस्तरको रेकर्ड बनाएको छ। तथ्यांक अनुसार, चालु वर्षको सुरुदेखि सो रेलमार्गबाट यात्री गर्नेको संख्या ५० लाख नाघिसकेको छ। विशेष गरी, चालु वर्षको वसन्त पर्व यात्राको अवधिमा, चीन-लाओस रेलमार्ग वरिपरिको पर्यटन धेरै लोकप्रिय भएको छ। २५ हजारभन्दा बढी मानिसहरूले चीन-लाओस रेलमार्ग अन्तर्राष्ट्रिय रेलमार्फत् सीमापार यात्रा छनौट गरेका छन् र अकुपेन्सी दर ९५.२% पुगेको छ।

सन् २०२१ डिसेम्बरमा चीन-लाओस रेलमार्ग खुला भएदेखि सो अन्तरदेशीय रेलमार्ग दुई देशका जनताका अपेक्षाहरूबट भरिएका छन्। पूर्वाधार निर्माणमा सुधार र सेवाको गुणस्तरमा निरन्तर सुधार सँगसँगै, चीन-लाओस रेलमार्ग चीन र लाओसका जनताका लागि विकास, खुशी र मित्रताको बाटो बनेको छ र यसले दुई देशका जनतालाई वास्तविक सुविधा दिएको छ।

Close
Messenger Pinterest LinkedIn