नेपाली

चिनियाँ पात्रो अनुसार दोस्रो महिनाको दोस्रो दिन चीनका धेरै ठाउँहरूमा देखाइयो रोचक ड्र्यागन नृत्य

CRI2024-03-11 15:40:46

मार्च ११ तारिख चिनियाँ पात्रो अनुसार दोस्रो महिनाको दोस्रो दिन हो। चिनियाँ पात्रो अनुसार सो दिन लोङ थोउ पर्व हो र यसको अर्थ “ड्र्यागनको टाउको उठाउने” हो। यस पर्वको अवसरमा चीनका धेरै ठाउँमा रोचक ड्र्यागन नृत्य प्रदर्शन गरिएको छ साथै आममानिसरूले नयाँ वर्षमा हावापानी र खेतीपाती दुवै राम्रो होस् भन्ने कामना गरेका छन्।

हपै प्रान्तको झ्यीन् हुआङ ताओ शहरको लाओ लोङ थोउ पर्यटन क्षेत्रमा धेरै रङ्गीन ड्र्यागन नाच प्रदर्शनी गरिएका छन्। बेइजिङ, हपै र सी झ्युआन जस्ता विभिन्न ठाउँहरूबाट आएका ११ ड्र्यागन नृत्य टोलीहरू यहाँ भेटेका छन्। रङ्गीन ड्र्यागन नाच्ने कलाकारहरूले परम्परागत संस्कृतिमा नयाँ आकर्षण देखाएको छ।

आन हुइ प्रान्त हुआङशान शहरको हजारौँ वर्ष पुरानो गाउँमा हरेक वर्ष आजको दिन गाउँलेहरू ३०० वर्ष भन्दा पुरानो चलन अनुसार “पराले ड्र्यागन” बनाएर नाचगान गरेका छन्।

हनान प्रान्तको झ्यीन याङ शहरमा ड्र्यागन नृत्य टोलीहरू शेननौँशान पर्यटन क्षेत्रमा ड्र्यागन नृत्य प्रदशन गर्न आएका छन्। साँझ भएसँगै धेरै लामो ड्र्यागनले ड्र्यागन लालटिन बत्तीहरूबाट उज्यालो पार्दै धेरै पर्यटकहरूलाई आकर्षित गर्ने छन्।

Close
Messenger Pinterest LinkedIn