नेपाली

अमेरिकाको सिनेमाघरमा देखाइयो चाइना मिडिया ग्रुपको चिनियाँ वसन्त चाड गाला प्रचारात्मक भिडियो

CRI2024-02-05 15:21:46

फेब्रवरी २ तारिखदेखि चाइना मिडिया ग्रुप सीएमजीको चिनियाँ वसन्त चाड प्रचारात्मक भिडियो अमेरिकाको सबैभन्दा ठूला सिनेमाघर समूह एएमसी सिनेमा र रोयल सिनेमामा प्रदर्शनमा राखिएको छ। योसँगै अमेरिकाका कुल १,१६९ वटा सिनेमा पर्दामा सो भिडियो प्रसारण हुनेछ। साथै, सो भिडियो हेर्ने दर्शकको संख्या ६० हजार नाघ्ने अनुमान गरिएको छ।

सो वसन्त चाड प्रचारात्मक भिडियोलाई अमेरिकाका लस एन्जलस्, न्यू योर्क, वाशिङ्टन, सान फ्रान्सिस्को, शिकागो, बोस्टन, ह्युस्टन र ड्यालस् गरी आठ मुख्य शहरी सिनेमाघरहरूमा प्रदर्शन गरिएको छ।

एएमसी सिनेमाघर सन् १९२० मा शुरू भएको हो। यो सिनेमाघर विश्वमा नै सबैभन्दा ठूलो सिनेमाघर समूहको रूपमा प्रसिद्ध छ साथै अमेरिकाको चलचित्र बजारमा सबैभन्दा ठूलो बजार अंश पनि ओगटेको छ। एएमसी सिनेमाले बोस्टन, ह्युस्टन र ड्यालस् लगायतका शहरहरूमा पहिलोपटक चिनियाँ वसन्त पर्व प्रचारात्मक भिडियो प्रदर्शन गर्नेछ जसबाट चाइना मिडिया ग्रुपद्वारा निर्मित वसन्त पर्व गालाको प्रभाव धेरैभन्दा धेरै अमेरिकी दर्शकहरू पुग्ने देखिन्छ।

Close
Messenger Pinterest LinkedIn