नेपाली

चीनका विभिन्न शहरहरूमा चिनियाँ वसन्त चाड कार्यक्रम

CRI2024-01-31 14:46:09

चिनियाँ वसन्त चाड मनाउनकालागि चीनका धेरै क्षेत्रहरूले विविध र उल्लासमय सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेका छन्।

वसन्त चाड मनाउनकालागि छोङछिङ शहरमा ग्रामीण रोचक खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ जसले वातावरणलाई उल्लासमय बनाएको छ। यसका साथै थू जातिको लामो टेबल भोजको पनि आयोजना गरिएको छ। स्थानीयले मीठो खानाको साथमा वसन्त चाडको तयारी सँगसँगै साथी तथा परिवारहरूबीच न्यानो प्रेम साटेका छन्।

हपै प्रान्त चाङ च्या खौ शहरमा कागज कटनी कार्यक्रमहरू जस्तै ड्र्यागन र चिनियाँ गाँठोजस्ता सागम्रीहरू सबैभन्दा धेरै विक्री भएका छन्। हरेक घरका झ्यालहरूमा सुन्दर अर्थका कागज कटनीहरू राखिएका छन् जसबाट वसन्त चाड र नयाँ वर्षको शुभकामना आफन्त र साथीहरूलाई तरङ्गित गरिएको छ।

सिन्च्याङ प्रान्त उरुमुची शहरमा हिउँबाट ढाकिएको मैदानमा "वसन्त मनाउने घोडा दौड प्रतियोगिता" आयोजना गरिएको छ। एक सय भन्दा बढी स्थानीय मानिसहरूले आफ्नो सबैभन्दा बलियो घोडाहरू ल्याएर प्रतिस्पर्धा गरेका छन्। २० किलोमिटरको घोडा दौड प्रतियोगितामा गति र उल्लास पूर्ण रूपमा देखाइएको छ। सो प्रतियोगिताको पुरस्कारहरूमा "गाउँको स्वाद" पनि स्पष्ट देखिएको छ। पहिलो पुरस्कार उँट र दोस्रो र तेस्रो पुरस्कारहरू क्रमशः घोडाको बच्चा र सानो बाच्छो रहेको छ।

क्वाङसी प्रान्त हची शहरमा एक भव्य "ता टिहुआ" अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शनीले रातको आकाशलाई उज्यालो बनाएको छ। यस्तो आनन्दलाग्दो समयको सम्झना गर्नकालागि स्थानीयले आफ्नो मोबाइल फोनद्वारा फोटोहरू खिचेका छन्।

Close
Messenger Pinterest LinkedIn