नेपाली

चीनको हार्पीन शहरमा छोङ छिङको थोङ लियाङ ड्र्यागन नृत्य

CRI2024-01-30 16:19:25

चीनको हार्पीन शहरमा छोङ छिङ थोङलियाङ ड्र्यागन नृत्य टोलीद्वारा ड्र्यागन नृत्य प्रदर्शन गरिएको छ।

थोङ लियाङ ड्र्यागनले छोङ छिङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। यसै जनवरी २९ तारिख हार्पीन शहरमा सो अमूर्त सांस्कृतिक सम्पदाको आकर्षण देखाइएको छ। सो टोली तथा सम्बन्धित् कार्यक्रमलाई छोङ छिङको थोङलियाङदेखि हाङचौ, सीआन, ल्वोयाङ, थाइयूआन, हानतान, थ्येनचीन, छाङछुन र शनयाङ तथा हार्पीनसम्म पुर्याइसकेको छ। उक्त यात्रामा नृत्य टोलीले थोङलियाङ ड्र्यागन नृत्य प्रदर्शन गर्दै चिनियाँ “ड्र्यागन” वर्षको वसन्त चाड पर्यटकहरू सँगसँगै मनाएका छन्।

Close
Messenger Pinterest LinkedIn