नेपाली

सन् २०२३ वसन्त चाड गालाको पाँचौँ पूर्वाभ्यास सम्पन्नसाथै प्रदर्शनकालगि पूर्ण तयार

cri2023-01-20 09:37:51

जनवरी १९ तारिख चाइना मिडिया ग्रुपको सन् २०२३ वसन्त चाड गालाको औपचारिक प्रत्यक्ष प्रसारणको मापदण्डअनुसार सफलताका साथ पाँचौँ पूर्वाभ्यास सम्पन्न भएको छ। खुसी र सौभाग्य भरिएको उक्त मञ्चनमा चिनियाँ जातिको परम्परागत संस्कृति रचनात्मक रूपमा प्रदर्शन गरिएरको छ। साथै व्यावसायिक अभिनेता र सर्वसाधारणले सँगसँगै मिलेर दर्शक र सबै चिनियाँलाई चाडको जीवन्त भावना व्यक्त गरेका छन्।

सन् २०२३ वसन्त चाड गालामा ‘विचार जोड कला जोड प्रविधि’ को प्रसारण विचार अपनाएर चिनियाँ जाति परम्परागत उत्कृष्ठ संस्कृतिबाट, वास्तविक जीवनबाट, विश्वका विभिन्न मुलुकका शानदार सभ्यताबाट प्रेरणा प्राप्त गरी आधुनिक कला र प्रविधि जोडिएर सिर्जनात्मक रूपमा सङ्गीत, नृत्य, उशु आदि विविध कार्यक्रमको रचना गरिएको छ। यस वर्षको वसन्त चाड गालाले चिनियाँ सभ्यताको आकर्षण पूर्ण रूपमा देखाउने छ।

Close
Messenger Pinterest LinkedIn