नेपाली

विश्वको पहिलो सी ९१९ विमानद्वारा १०० घण्टासम्मको परीक्षण उडान शुरु

cri2022-12-26 18:29:05

डिसेम्बर २६ तारिख विश्वको पहिलो सी ९१९ विमान १०० घण्टासम्मको परीक्षण उडान शुरु भएको छ। परीक्षण उडान सफलताका साथ पूरा भएपछि चाँडै सन् २०२३ को बसन्त ऋतुमा संचालनमा आउन सक्ने सम्भावना रहेको छ।

चीनले स्वतन्त्र रुपमा उत्पादन गरेको नयाँ ठूलो विमानको रुपमा सी ९१९ विमानले धेरै परीक्षण गरिसकेको छ। सन् २००७ मा ठूलो ढाँचाको विमानको उत्पादन सम्बन्धी परियोजना औपचारिक रुपमा शुरु भएको थियो। धेरै वर्षपछि “ठूलो विमान सपना” क्रमश: पूरा हुँदै आएको छ।

सन् २०२२ को नोभेम्बर ८ तारिख सी ९१९ विमानको पहिलो उडान प्रदर्शन चौधौं चिनियाँ अन्तर्राष्ट्रिय अन्तरिक्ष एक्स्पोमा भएको थियो। यस पटकको रोचक प्रदर्शनले ३०० वटा माग फाराम जितेको थियो। डिसेम्बर १२ तारिखसम्म सी ९१९ विमानले चीन र विदेशका ११७६ वटा माग फाराम प्राप्त गरेको छ।

Close
Messenger Pinterest LinkedIn