नेपाली

यमन समस्याको समाधानका लागि वार्ता र परामर्श मात्र सही विकल्प भएकोमा चीनको जोड

CRI2024-10-16 14:24:29

१५ तारिख, संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी उपप्रतिनिधि कङ शुआङले सुरक्षा परिषदको यमन मामिला गोष्ठीमा बोल्दै यमन समस्याको समाधानका लागि वार्तामार्फत् सहमति जुटाउनु नै सही छनोट हुने बताउनुभएको छ।

उहाँले भन्नुभयो, ‘सबै पक्षहरूबीच शान्ति कायम राख्नुपर्छ, कुनै पनि परिस्थितिलाई चर्काउने कार्यबाट जोगिनुपर्छ।’

सम्बन्धित पक्षहरूले वार्ताबाट सहमति हासिल गर्ने प्रयासलाई कायम राख्ने र यमन समस्याको राजनीतिक समाधान गर्ने ठोस प्रवृत्तिलाई अघि बढाउने इच्छा चीनले व्यक्त गरेको भन्दै उहाँले मानवीय विकासका लागि अन्तर्राष्ट्रिय समाजले पनि यमन सरकारलाई समर्थन गर्नुपर्नेमा कङ श्वाङले जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn