नेपाली

अफ्रिकामा “नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर विश्वव्यापी संवाद कार्यक्रम”

CRI2024-07-31 11:08:02

जुलाई २४ र २५ तारिख चाइना मिडिया ग्रुपको संयोजकत्वमा “नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर विश्वव्यापी संवाद कार्यक्रम” अन्तर्गत अफ्रिकी युवा गतिबिधि, अफ्रिकी मिडिया संस्था गतिबिधि र नाइजेरिया गतिबिधि आयोजना गरिएको छ। नाइजेरिया, बुर्किनाफासो र चाड लगायतका अफ्रिकी मुलुकका राजनीतिज्ञ, विद्वान-विशेषज्ञ र मिडिया संस्थाका प्रतिनिधिहरूले भेला भई आफ्नो वास्तविक अनुभव र चीन-अफ्रिका सहकार्य उदाहरण बमोजिम चिनियाँ अतिथिहरूसित चिनियाँ कम्युनिष्ट पार्टी २० औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विश्वलाई ल्याएको गहिरो प्रभावबारे विचार-विमर्श गरेका छन्। साथै उनीहरूले गहन रूपमा नयाँ युगमा चीनको गहन सुधारले अफ्रिकी मुलुकसमक्ष ल्याएको महत्वपूर्ण प्रेरणा र सुअवसरबारे पनि छलफल गरेका छन्।

“नयाँ युगमा चीनको सुधारको गहनतामा विश्वका लागि अवसर विश्वव्यापी संवाद कार्यक्रम” अन्तर्गत शृङ्खलाबद्ध अफ्रिकी गतिबिधिहरू सम्पन्न भएपछि नाइजेरिया टुडे टेलिभिजन स्टेशन, चाडको राष्ट्रिय टेलिभिजन स्टेशन, गाबोन २४ टेलिभिजन स्टेशन, गणतन्त्र कङगो बुज टेलिभिजन स्टेशन, प्रजातान्त्रिक कङगो एनटीआई टेलिभिजन स्टेशन लगायतका अफ्रिकी मुख्य मिडिया संस्थाहरूले विस्तृत रूपमा उक्त गतिबिधिको रिले प्रसारण र रिपोर्ट गरेका छन्।

Close
Messenger Pinterest LinkedIn