नेपाली

सीएमजी र स्पेनिश व्यावसायिक फुटबल सङ्घबीचमा सहकार्य गहिलो हुने

CRI2024-07-30 10:38:05

स्थानीय समय जुलाई २९ तारिखका दिन चाइना मिडिय ग्रुप र स्पेनिश व्यावसायिक फुटबल सङ्घ ‘ला लिगा’ले म्याड्रिडमा सहकार्य स्मृति-पत्रमा हस्ताक्षर गरेका छन्। दुई पक्षले उद्योगको छलफल संयुक्त रूपमा अघि बढाउने, प्रतियोगिता संयुक्त रूपमा आयोजना गर्ने र युवा पुस्तामा फुटबलको विकास प्रवर्द्धन गर्ने लगायतका पक्षहरूमा सहमति गरेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति प्रसार विभागका उपनिर्देशक तथा सीएमजीका प्रमुख शन हाइ स्योङ र स्पेनिश व्यावसायिक फुटबल सङ्घ अध्यक्ष जवियर टेबासले दुई पक्षका प्रतिनिधिका रूपमा हस्ताक्षर गर्नुभएको छ।

शन हाइ स्योङले सो हस्ताक्षरको नयाँ प्रारम्भिक बिन्दुमा आफूहरुले सहकार्यका अवसरहरू खोज्न प्रयास गरेर अन्तर्राष्ट्रिय खेलकुद विकास र संस्कृतिको आदानप्रदान गर्ने नयाँ अध्याय संयुक्त रूपमा लेख्नुपर्ने बताउनु भएको छ।

टेबासले दुई पक्षले फुटबलद्वारा सहकार्यको आधार निरन्तरताका साथ सुदृढ गर्ने, नयाँ सहकार्यका बाटाहरू सक्रिय रूपमा खोज्ने र विश्वको फुटबलको विकासलाई सकारात्मक बल दिने इच्छाहरू व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn