नेपाली

युएईका किशोर-किशोरीद्वारा चिनियाँ भाषामा राष्ट्राध्यक्ष सी चिनफिङलाई चिट्ठी

CRI2024-05-27 15:03:37

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले युएईको चिनियाँ शिक्षा सम्बन्धी “सय विद्यालय परियोजना” का विद्यार्थी प्रतिनिधिहरूलाई जवाफी चिट्ठी पठाउँदै राम्रोसँग चिनियाँ भाषा सिकेर चीनबारे जानकारी लिई चीन-युएई मित्रताको प्रवर्द्धनका लागि योगदान गर्न उनीहरूलाई प्रोत्साहन गर्नुभएको छ।

चालु वर्ष चीन र संयुक्त अरब इमिरेट्स बीच दौत्य सम्बन्ध कायम भएको ४० औँ वार्षिकोत्सव हो। हाल उक्त “सय विद्यालय परियोजना” ले ५ वर्ष पूरा गरिसकेको छ। केही दिनअघि युएईको “सय विद्यालय परियोजना” को नमूनात्मक विद्यालय एचबीजी विद्यालय र यास विद्यालय मातहतका प्राथमिक र माध्यमिक स्कुलका ४० जना विद्यार्थी प्रतिनिधिले बेग्लाबेग्लै गरी राष्ट्राध्यक्ष सी चिनफिङलाई चिनियाँ भाषामार्फत चिट्ठी पठाउँदै चिनियाँ संस्कृतिप्रति प्रेम तथा शुभेच्छा व्यक्त गरेका थिए।

५ वर्षअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र संयुक्त अरब इमिरेट्सका वर्तमान राष्ट्रपति मोहम्मदबिन जायेदले संयुक्त रूपमा युएईको चिनियाँ शिक्षा सम्बन्धी “सय विद्यालय परियोजना” को शुभारम्भ गर्नुभएको थियो। चिनियाँ भाषा अध्ययन गर्ने मानिसको संख्या बढ्दैआएको सिलसिलामा दुवै देश बीचको सांस्कृतिक आदानप्रदान पनि दिनप्रति दिन गहरिँदै गएको छ।

Close
Messenger Pinterest LinkedIn