नेपाली

छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा विश्वका ५ सय अग्रगामी व्यवसाय पङ्क्तिमा रहेका २८९ वटा व्यवसायको सहभागिता

CRI2023-11-03 15:50:45

छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ५ देखि १० तारिखसम्म शाङहाईमा प्रत्यक्ष रूपमा आयोजना गरिने छ। हाल विभिन्न प्रदर्शनी क्षेत्रका तयारी कार्य पूर्णरूपमा सम्पन्न भएको छ।

यस पटकको आयात एक्स्पोमा विश्वका ५ सय अग्रगामी व्यवसाय पङ्क्तिमा रहेका २८९ वटा व्यवसायको सहभागिता रहने छ। त्यो संख्याले नयाँ ऐतिहासिक किर्तिमान पनि सिर्जना गरेको छ। विश्वका अनेकन् नयाँ उत्पादित वस्तु, नयाँ सेवा र नयाँ प्रविधिहरूलाई सो एक्स्पोमा प्रदर्शन गरिने छ।

सम्बद्ध जिम्मेवार व्यक्तिका अनुसार, सो एक्स्पोमा “बेल्ट एण्ड रोड” सम्बन्धी तत्वहरू झन् प्रशस्त देखिने छन्। राष्ट्रिय प्रदर्शनीमा सहभागी “बेल्ट एण्ड रोड” का सम्बद्ध मुलुकको संख्या ६४ पुगेको छ भने व्यवसाय प्रदर्शनीमा सहभागी व्यवसायको कुल संख्या १५०० भन्दा बढी नाघेको छ। सम्पूर्ण प्रदर्शनी क्षेत्रफल ८० हजार वर्गमिटर पुगेकोले गत वर्षको तुलनामा झण्डै ३० प्रतिशतले वृद्धि भएको छ।

Close
Messenger Pinterest LinkedIn