नेपाली

आयात एक्स्पो मातहतको होङ छ्याउ मञ्चको तत्परता

CRI2023-11-03 15:47:18

होङ छ्याउ मञ्च अन्तर्राष्ट्रिय आर्थिक मञ्च चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको एक महत्वपूर्ण अङ्ग हो। छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो मातहतको होङ छ्याउ मञ्चको मुख्य नारा “हातमा हात मिलाउँदै विकासलाई प्रबर्द्धन गर्नुका साथै खुलापनमार्फत भविष्यको सिर्जना गरौँ” भन्ने रहेको छ। नोभेम्बर ५ तारिखदेखि सो मञ्चले अधिकांश उच्चस्तरीय कार्यक्रम र शाखा मञ्चको आयोजना गर्नेछ। हाल मञ्चका विभिन्न तैयारी कार्यको व्यवस्थापन गरिरहेको छ।

चालु वर्षको होङ छ्याउ मञ्चको अवधिमा लगानी सम्बन्धी चिनियाँ वर्ष शीर्षकको शिखर सम्मेलनको आयोजना गरिने छ। साथै “विश्व खुलापन प्रतिवेदन सन् २०२३” र नयाँ चरणको विश्व खुलापन सूचिलाई सार्वजनिक गरिने छ। यसका अतिरिक्त बेल्ट एण्ड रोड सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्यको नयाँ चौतारो, नयाँ वास्तविकता, विश्वव्यापी व्यावसायिक आपूर्ति लाईनको लचिलोपनलाई उकासिने विषयक लगायतका विविध शाखा मञ्चको आयोजना गरिने छ।

Close
Messenger Pinterest LinkedIn