नेपाली

३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाडको उद्घाटन समारोहका रोमाञ्चक तस्बिरहरु

cri2023-07-29 16:41:42

चीनको सछ्वान प्रान्तको सदरमुकाम छन्दूमा जुलाई २८ तारिख शुक्रबार राति ३१ औँ ग्रीष्मकालीन विश्व युनिभर्सियाड खेलकूद आयोजना सुरु भएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उक्त उद्घाटन समारोहलाई सम्बोधन गरेपछि सुरु भएको खेलकुद समारोहमा विभिन्न देशका खेलाडीहरुले आआफ्नो देशको राष्ट्रिय झण्डा लिएर मार्चपास गरेका थिए।

नेपालको रे टेलिभिजनका प्रमुख प्रकाशबाबु पौडेलसँगै पत्रकारद्वय रमेश भट्टराई हतुवाली र डिल्लीरमन सुवेदी पनि उक्त महत्वपूर्ण समारोहमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा नेपालका नेपाली पत्रकार पत्रकार प्रकाशबाबु पौडेलले उद्घाटन समारोहका विशेष घडीलाई आफ्नो क्यामरामा रोमाञ्चक तरिकाले कैद गर्नु भएको छ। हेरौँ पौडेलले सामाजिक सञ्जाल वीच्याटमा राख्नु भएका केही तस्बिरहरु।

Close
Messenger Pinterest LinkedIn