नेपाली

सुपर परियोजना अर्थात् पाइ ह थान जलविद्युत स्टेशनबारे चर्चा

cri2022-12-19 14:37:27

निर्माणाधिन विश्वको सबैभन्दा ठूलो परिधि तथा यन्त्रको जडान परिधिमा पनि विश्वको दोस्रो स्थानमा रहेको जलविद्युत स्टेशन अर्थात् चिन शा नदीको पाइ ह थान जलविद्युत स्टेशनको अन्तिम यन्त्रको तयारी कार्य पूरा भएको छ। डिसेम्बर २० तारिखदेखि पाइ ह थान जलविद्युत स्टेशनका १६ वटा विद्युत उत्पादन यन्त्र पूराका पूरै सञ्चालनमा आउने भएको छ। त्यो चीनले याङसी नदीमाथि सम्पूर्ण रूपमा विश्वको सबैभन्दा ठूलो स्वच्छ ऊर्जा करिडोरको स्थापना गरिसकेको प्रतिक हो।

पाइ ह थान जलविद्युत स्टेशन सछवान प्रान्तको ल्याङ शान प्रदेशको निङ नान जिल्ला र युन नान प्रान्तको चाउ थोङ शहर मातहतको छयाउ च्या जिल्लामा अवस्थित भएकाले भौगोलिक स्थिति ज्यादै जटिल छ। पाइ ह थान जलविद्युत स्टेशनको मुख्य भागको निर्माण कार्य सन् २०१७ को जुलाई महिनादेखि सम्पूर्ण रूपमा शुरू भएको थियो भने पहिलो यन्त्र समूह सन् २०२१को जुन २८ तारिखदेखि सञ्चालनमा आएर विद्युत उत्पादन गरिएको थियो।

डिसेम्बर २० तारिखसम्म पाइ ह थान जलविद्युत स्टेशनले उत्पादन गरेको विद्युत मात्रा ५३ अर्ब किलोवाट पुग्ने छ। त्यसले मुख्यत: च्याङ सु र च च्याङ आदि क्षेत्रतर्फ विद्युत आपूर्ति गर्ने भएकोले याङसी नदीको त्रिकोण क्षेत्रको एकरूपता स्वरूप उच्च गुणस्तरीय विकासलाई पनि सहायता गरेको छ।

Close
Messenger Pinterest LinkedIn