नेपाली

चीनको प्रदर्शन पर्दाको वार्षिक उत्पादन मात्रा २० करोड वर्गमिटर

cri2022-12-01 11:02:25

नोभेम्बर ३० तारिख सन् २०२२ विश्व प्रदर्शन व्यवसाय महाधिवेशन चीनको छङतु सहरमा शुरू भएको छ। चीनको उद्योग र सूचना मन्त्रालयका जिम्मेवार व्यक्तिले उक्त महाधिवेशनमा सार्वजनिक गर्दै हाल चीनको प्रदर्शन पर्दाको वार्षिक उत्पादन मात्रा २० करोड वर्गमिटर पुग्नुका साथै गत वर्ष सन् २०२१ मा प्रदर्शन व्यवसायको सञ्चालन आय ५ खर्ब ८० अर्ब बढी चिनियाँ युआन पुगेको बताएका छन्।

चीनको डिजिटल सूचना व्यवसाय विकास प्रतिष्ठानले सार्वजनिक गरेको‘चीनको नयाँ शैली प्रदर्शन व्यवसायको विकसित अवस्था तथा प्रवृत्तिको अनुमान’ अनुसार, चीनको नयाँ शैलीको प्रदर्शन व्यवसायको परिमाणमा वृद्धि भएर सन् २०१२ देखि २०२१ सम्म २५.८ प्रतिशतले वृद्धि भएको छ। सोही अवधिमा, निर्यात आयातको अवस्थामा पनि परिवर्तन भएर सन् २०१२ को १४ अर्ब ५ करोड अमेरिकी डलरको व्यापार घाटाबाट सन् २०२१ मा ८ अर्ब ४९ करोड अमेरिकी डलरको व्यापार सर्प्लस भएको छ।

हाल चीनको छङतु, हफै, शनचन, क्वाङचौ, उहान आदि सहरमा नयाँ शैलीको प्रदर्शन व्यवसायको समूहको स्थापना भएको छ।

Close
Messenger Pinterest LinkedIn