नेपाली

“वैज्ञानिक प्राविधिक हिउँदे ओलम्पिकको संयुक्त उपभोग”

cri2022-01-27 10:21:49

पहिलो विश्व सञ्चारमाध्यम सिर्जना मञ्च जनवरी २६ तारिख पैचिङमा सुरु भएको छ। उक्त मञ्चअन्तर्गत“वैज्ञानिक प्राविधिक हिउँदे ओलम्पिकको संयुक्त उपभोग”शीर्षक रहेको एउटा मञ्च चाइना मिडिया ग्रुप, चीन ओलम्पिक खेलकूद समिति र पैचिङ हिउँदे ओलम्पिक समितिद्वारा संयोजन गरिएको छ। विश्वका ७८ मुलुक तथा क्षेत्रका १४५ मिडिया संस्था तथा अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिले अनलाइन तरिकामार्फत यस मञ्चमा भाग लिएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूद समितिका अध्यक्ष बाखले यस मञ्चको सफल संयोजनको शुभकामना व्यक्त गर्नुभएको छ। उहाँका अनुसार चाइना मिडिया ग्रुपले धेरै चुनौति पार गरी नविन तरिकाले उक्त मञ्चको संयोजन गरेको बताउनुभएको छ। अध्यक्ष बाखले केही दशकयता चाइना मिडिया ग्रुप सधैँ अन्तर्राष्ट्रिय ओलम्पिक खेलकूदको मूल्यवान सहयोगात्मक साझेदारी रहेको तथा ओलम्पिक खेलकूदको आकर्षणलाई करोडौँकरोड चिनियाँहरुमा पुर्याउन प्रयास गर्दै आएको पनि औँल्याउनुभयो।

चाइना मिडिया ग्रुपका अध्यक्ष शन हाइ श्युङले उक्त मञ्चलाई सम्बोधन गर्दै चाइना मिडिया ग्रुपले नविन तारिकाले ओलम्पिक खेकलूदको प्रचारप्रसारका लागि प्रयास गरिरहेको बताउनुभयो। सो अवसरमा नविनता सधैँ नै चाइना मिडिया ग्रुपको मुख्य विषय रहेको र चाइना मिडिया ग्रुपले विश्व सञ्चारमाध्यमसँग साझेदारी गर्दै पैचिङ हिउँदे ओलम्पिकको रमाइलो आकर्षण देखाउने इच्छा गरेको पनि व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn