नेपाली

#अल्पसंख्यक जाति# चीनका अल्पसंख्यक जातियहरू कसरी वसन्त चाड मनाउँदै -1

cri2022-01-25 15:19:07

चिनियाँहरूका लागि सबैभन्दा ठूलो पर्व—वसन्त चाड नजिकिँदैछ। वसन्त चाडको रीतिरिवाज तथा चलनबारे हामीले धेरैपटक चर्चा गरेका थियौं। सो अवसरमा परिवारका सबै सदस्यहरु एउटै ठाउँमा भेला भएर सँगसँगै बसेर खाना खाने कार्यक्रम नभई नहुने कुरा हो। सबैजना नयाँ लुगा लगाएर पाहुनाहरुलाई स्वागत गर्न वा अरु नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुलाई शुभकामना दिन तिनीहरुकहाँ जाने गर्दछन्। भेटका बेला उनीहरुले एक-अर्कालाई सुख, शान्ति र सुस्वास्थ्यको मंगलमय कामना गर्ने गर्छन्। पहिले नयाँ वर्ष आउँदा मानिसहरु पटका पड्काएर त्यसको स्वागत गर्दथे। हाल वातावरणको सुरक्षा गर्न यो रीतिरिवाज इलेक्ट्रोनिक पटका वा अरू तरिकाबाट साँटिएको छ।

तर वास्तवमा चीन बहुजातिय देश हो। प्रत्येक जातिसँग आ-आफ्ना विशेष तथा महत्वपूर्ण चाडवाड छन्। अरू कुन कुन अल्पसंख्यक जातिहरू पनि वसन्त चाड मनाउँछन्? यी जातिको विशेष रीतिरिवाज छ कि? आजको कार्यक्रममा म विस्तारै चर्चा गर्छु।

यी जाति

यी जातिले आफ्नो यी जातिय पात्रोअनुसार वसन्त चाड मनाउँछ। तर केही क्षेत्रमा यी जातिले स्थानीय हान जातिहरूसँगसँगै वसन्त चाड मनाएका छन्। केही क्षेत्रमा, यी जातिहरूले घरको ढोकाअगाडि सल्लाको रुख राख्नुका साथै भुइँमा सल्लाको सुइरा फैलाउँछन्। जसको अर्थ प्रकोप हटाउनु हो। केही क्षेत्रमा यी जातिहरूले सुँगुर र भेडा मारेर मासु खानेछन्। मानिसहरूले पनि नाता-कुटुम्ब, इष्ट-मित्र र असल छिमेकीहरुको घरमा शुभकामना र मासु, मःमः दिने चलन छ। नयाँ वर्षको पहिलो विहान सबेरै तिनीहरू नदीबाट पानी घरमा लैजानु हो। उनीहरूले नयाँ पानी र त्यसअघि बाँकी पूरानो पानीको तुलना गर्छन्। यदि नयाँ वर्षको पानी भारी भएमा नयाँ वर्षमा पर्ने पानी पर्याप्त हुने पूर्व छाँया मानिन्छ।

च्वाङ जाति

क्वाङ सी, क्वी चौ, युननान, क्वाङ तुङ आ दि क्षेत्रमा बस्ने च्वाङ जातियहरू हान जातिसँगसँगै वसन्त चाड मनाउँछन्। पुरानो दिनको अन्तिम दिनमा मानिसहरूले महोत्सवका लागि भातको तयारी गर्नुपर्छ। जसले नयाँ वर्षमा फसल भित्र्याउने प्रतिनिधित्व गर्दछ। नयाँ वर्षको पहिलो दिन मानिसहरू नयाँ लुगा लगाउनुका साथै पटका पड्काएर स्वागत गर्दछन्। महिलाहरूले पनि व्यस्त रूपमा नदीबाट नयाँ पानी घरमा ल्याउँछिन्। केही क्षेत्रमा मान्छेहरूले छिमेकीको बगैंचामा २/३ साग टिप्नेछन्। जसको अर्थ नयाँ वर्षमा आपसलाई एकीकृत तथा सहयोग गर्नुपर्ने हो।

तावर जाति

तावर जातिका युवक-युवतीहरूले पूरानो अन्तिम दिनको रातिदेखि जातिय विशेषतायुक्त लुरकल नाच नाच्ने गर्छन्। नयाँ वर्षको पहिलो दिन विहान, युवाहरूले हातबाट भाँडोको खरानी आपसमा अनुहारमा दल्ने गर्छन्। जसले प्रचुर फसल भित्र्याउने र सौभाग्य हुने शुभकामना जनाउँछ।

पाइ जाति

युननान प्रान्तमा बस्ने पाइ जातिले “उठ्नु” नामक कार्यक्रमद्वारा नयाँ वर्ष मनाउँछन्। यो पूरै बाँसमा बारूद हालेर प्रज्वलित गर्नु हो। ठूलो बाँस आकाशमा उठेर शुभ अर्थ देखाएको छ। साथै म्याउ, च्वाङ जातिजस्तै केही क्षेत्रका पाइ जातिले आपसलाई रंगीन बल फाल्ने रीतिरिवाज पनि छ। रंगीन बल समात्न असफल भएका मान्छेले अर्कोलाई उपहार दिनुपर्छ। केही समयमा यस कार्यक्रममार्फत युवा-युवतीले आफ्ना प्रेम-प्रेमिका खोज्नसक्छन्।

Close
Messenger Pinterest LinkedIn