नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्म सार्वजनिक

cri2022-01-24 16:08:44

हालै पैचिङ हिउँदे ओलम्पिक खेलकुदको संयोजन समितिले हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदको यूनिफर्म सार्वजनिक गरेको छ। यूनिफर्म कर्मचारी, प्राविधिक अधिकृत र स्वयंसेवकहरुको विशेष पहिचान हुनुका साथै ओलम्पिक भावनाको प्रचार-प्रसार गर्ने, आयोजक मुलुकको संकल्प प्रसारण गर्ने र चीनको उन्नतिशील परम्परागत संस्कृति तथा विकासको उपलब्धि देखाउन पनि महत्वपूर्ण छ।

हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्म पैचिङ हिउँदे ओलम्पिक खेलकुद र हिउँदे पारा ओलम्पिक खेलकुदका कर्मचारी, प्राविधिक अधिकृत र स्वयंसेवकहरुका लागि लगाउने यूनिफर्म हो। यूनिफर्ममा पोशाक, जुत्ता र अरु अतिरिक्त वस्तुहरू छन्। ६०० भन्दा बढी डिजाइनबाट छानिएको यस यूनिफर्मलाई अघिपछि गरी ८ चरणमा सुधार गरिएको छ। यस यूनिफर्म सुन्दर देखिनुकासाथै यसको प्रयोगबाट शरीरलाई धेरै फाइदा पुग्ने छ।

यूनिफर्मको रुपरंगबाट हेर्दा हिउँ जस्तो सेतो रंग, कर्मचारीहरुका लागि घाम जस्तो रातो रंग, प्राविधिक अधिकृतका लागि ग्रेटवाल जस्तो खैरो रंग र स्वयंसेवकका लागि आकाश जस्तो नीलो रंगले विभिन्न कामको विशेषता अभिव्यक्त हुन्छ। यूनिफर्मको बुट्टामा पनि चीनको परम्परागत चित्र “हजारौँ किलोमिटरसम्म भएको प्राकृतिक दृश्य” र हिउँदे ओलम्पिक खेलकुद सम्बन्धी हिमपर्वतको चित्र समावेश छ।

हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्मका प्रधान डिजाइनर, पैचिङ पोशाक इन्स्टिच्यूटका प्राध्यापक ह याङ पैचिङ २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदकी डिजाइनर पनि हुनुहुन्छ। उहाँ यूनिफर्म हिउँदे ओलम्पिक खेलकुदको एउटा दृश्य हुने बताउनुहुन्छ,

सर्वप्रथम यूनिफर्मले आयोजक मुलुकको विशेषता अभिव्यक्त गरेको हुनुपर्छ। हरेक पटकको ओलम्पिक खेलकुदको विशेष यूनिफर्म हुन्छ। बुट्टा र रंगको भिन्नताबाट विशेषता अभिव्यक्त गरिनुका साथै फ्यासन र प्रभावमा पनि ध्यान दिनुपर्छ। हामीले डिजाइन गर्दा बुट्टाको पूर्णतालाई धेरै महत्व दिएका थियौं। त्यसका अतिरिक्त, मैले पोशाकको तल्लो भाग र पेन्टलाई एउटै रंगमा डिजाइन गरेकी थिएँ। तपाईँको बनावट त्यति राम्रो नभएमा पनि यूनिफर्म लगाएपछि तपाईँको खुट्टा लामो देखिने छ र सुन्दर देखिने छ।

यूनिफर्म भएको हुनाले त्यसको प्रभावलाई निकै महत्व दिइनुपर्छ र हिउँदे ओलम्पिक खेलकुदको वातावरण तथा धेरै जाडो र बाहिर खेलिने विशेषताबारे पूर्ण रुपमा सोच-विचार गरिनुपर्छ। आन था खेलकुद कम्पनीको ओलम्पिक सेवाका मेनेजर से छुन लुङ आन था खेलकुद कम्पनीले उच्च गुणस्तरीय शेफ फेब्रिकको उपयोग गरेको जानकारी दिनुहुन्छ।

हामीले प्रयोग गरेको सामग्री द्रूत गतिले शरिरको तापक्रम उकास्न र प्रभावकारी रुपमा तापक्रमलाई संचित गर्नसक्छ। यसका साथै हामीले चराको प्वाँखसँगै विशेष सामग्री राखेका छौँ र यो पोशाक वाटरप्रूफ पनि छ।

यस यूनिफर्मको मूल्याङ्कन गर्दै हिउँदे ओलम्पिक खेलकुदको यूनिफर्म समितिका सदस्य, शन चन विश्वविद्यालयका प्राध्यापक वु हुङले पहिलेको निष्कर्शको आधारमा यूनिफर्मको डिजाइनमा ठूलो काम गरिएको जानकारी दिँदै भन्नुहुन्छ,

चीनको परम्परागत संस्कृतिलाई हाम्रो खेल पोशाकमा प्रतिबिम्बित गराइएको छ। यसका साथै यस यूनिफर्मको सामग्रीमा पनि विशेष ध्यान दिइएको छ।

हिउँदे ओलम्पिक खेलकुदको इतिहासमा स्वर्ण पदक जित्नुभएकी पहिलो चिनियाँ खेलाडी याङ याङ अहिले हिउँदे ओलम्पिक खेलकुद संयोजन समिति अन्तर्गत खेलाडी समितिकी अध्यक्ष हुनुहुन्छ। यो यूनिफर्मले उहाँको मनमा गहिरो छाप पारेको छ।

सन् २०१८ प्याङचाङ ओलम्पिक खेलकुदका स्वयंसेवक वाङ च छिले पैचिङ हिउँदे ओलम्पिक खेलकुदको स्वयंसेवकको यूनिफर्मबाट आफूले “दुई ओलम्पिक खेलकुद आयोजक शहर”को निरन्तरता पाएको भन्दै भन्नुहुन्छ,

यस पटकको यूनिफर्म २००८ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको यूनिफर्मको रंगसँग मिल्छ। यस पटक पनि सेतो र नीलो रंगको प्रयोग गरिएको छ। त्यसका अतिरिक्त, यस पटकको यूनिफर्मको बुट्टा हिउँदे ओलम्पिक खेलकुदको चिन्हसँग मिल्छ। यूनिफर्ममा भएको पहेंलो रंगले हिउँद ऋतुलाई उत्साहित बनाउने छ।

Close
Messenger Pinterest LinkedIn