नेपाली

पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा

cri2022-01-10 15:22:02

जनवरी १० तारिख चीनमा रेल संचालनको नयाँ नक्शा लागू भएको छ। यसै आधारमा पहिलो चीन-लाओस अन्तर्राष्ट्रिय मालवाहक रेल संचालनमा आएको छ जसबाट युनान प्रान्तीय खुनमिङबाट लाओसको राजाधानी भिनथेनसम्मको यात्रा रेलद्वारा २६ घण्टा मात्र लाग्ने भएको छ जुन यसै रूटमा रहेका अरू सामान्य अन्तर्राष्ट्रिय मालवाहक रेलमा लाग्ने समयभन्दा ठूलो परिमाणमा कम भएको छ।

चीन रेल व्यूरोको खुनमिङ शाखाका सम्बद्ध जिम्मेवार व्यक्तिका अनुसार, प्रतिघण्टा १२० किलोमिटरको गति भएको यस मालवाहक विशेष रेल हरेक हप्ता

२ वटक संचालन गरिने छ जसमा ताजा फलफूल, फूल, विद्युतीय उत्पादित वस्तु, दैनिक जीवनमा चाहिने उपभोग्य वस्तुको ढुवानी गरिने छ। सो रेल भन्सार हुँदैजाँदा कागजरहित भएकोले अझ सुविधाजनक भएको पनि जानकारी दिइएको छ।

क्षेत्रीय चौतर्फी आर्थिक साझेदारी सहयोगात्मक सम्बन्ध सन्धि (आरसीइपी) लागू भएपछि चीन-लाओस मालवाहक रेलको ढुवानी परिमाण स्थिर रूपमा वृद्धि हुने छ र मालसामान ढुवानी गन्तव्यहरूमा थाइल्याण्ड, म्यान्मार, लाओस, मलेशिया, कम्बोडिया, सिगापुर, बंगलादेश लगायत १० वटा मुलुक तथा क्षेत्रलाई समावेश गरिएको छ र अन्तर्राष्ट्रिय आपूर्ति चेन तथा व्यापार चेनको स्थिरताको प्रत्याभूतिका लागि सक्रिय योगदान दिइने विश्वास गरिएको छ।

Close
Messenger Pinterest LinkedIn