नेपाली

सन् २०२२ मा आर्थिक र व्यापारिक सम्झौतामार्फत आरसीईपीले पार्ने प्रभाव

cri2021-12-31 15:51:52

सन् २०२२ को जनवरी १ तारिखदेखि एक किसिमको महत्वपूर्ण आर्थिक र व्यापारिक सम्झौताले हाम्रो जीवनमा प्रभाव पार्नेछ। त्यो के हो? तपाईलाई थाहा छ कि? त्यसबाट हाम्रो जीवनमा के कस्तो प्रभाव पार्नेछ?

उक्त सम्झौताको पूरा नाम “क्षेत्रीय सम्पूर्ण आर्थिक साझेदारी सम्बन्ध सन्धि” (आरसीईपी) हो। जुन आशियान मुलुकको प्रस्ताव बमोजिम स्थापित गरिएको हो। हाल १५ वटा मुलुक सो सम्झौतामा सहभागी भएका छन्। ती १५ वटा मुलुकमध्ये मलेसिया, भियतनाम, सिंगापुर, थाइल्याण्ड, इण्डोनेशिया, फिलिपिन्स, ब्रुनाई, लाओस, कम्बोडिया र म्यान्मार बाहेक चीन, जापान, गणतन्त्र कोरिया, अस्ट्रेलिया र न्युजिल्याण्ड छन्।

आरसीईपी सञ्चालनमा आएपछि माल सामान, सेवा र क्षेत्रीय लगानी सम्भवत: अझ जिवन्त र सक्रिय हुँदै जानेछ।

Close
Messenger Pinterest LinkedIn