नेपाली

ग्लोबल अन्नपातको सुरक्षाका लागि चीनको ठूलो योगदान

cri2021-12-30 15:57:30

सन्२०२१मा चीनले विभिन्न क्षेत्रमा नयाँ प्रगति तथा उपलब्धि पाएको देखिन्छ। अन्नपातको सुरक्षा एक राष्ट्रको नागरिक मामिला मात्र नभइ विश्वको शान्तिपूर्ण विकाससँग घनिष्ट सम्बन्धित रहेको छ। चीनले ग्लोबल अन्नपात सुरक्षाका लागि ठूलो योगदान गर्नुका साथै अन्य मुलुकका लागि असल नमूना सिर्जना गर्दछ। हाल संयुक्त राष्ट्र संघीय अन्नपात योजना व्युरोस्थित चिनियाँ प्रतिनिधि छु सि सिले चाइना मिडिया ग्रुपलाई एक अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

संयुक्त राष्ट्र संघीय विश्व अन्नपात योजना व्युरोले चीनमा गर्ने संयुक्त राष्ट्र संघका पहिला एजेन्सीहरुमध्ये एक हो। यो व्युरो चीनको सुधार तथा खुलापन र चीनको विकासको समृद्धिको साक्षी, सहभागी र योगदानकर्ता हो।

विश्वको ६प्रतिशत ताजा पानी र ९प्रतिशतको खेतीयोग्य जग्गा स्रोत ओगटेको चीनले विश्वको २०प्रतिशत जनसंख्याको खानेकुराको समाधान गरेको छ। प्रतिव्यक्ति खाद्य खपत ४७० किलोग्रामभन्दा बढी छ, जुन विश्वको औसत ४०० किलोग्रामभन्दा बढी हो। यो विश्व आन्नपात सुरक्षाका लागि ठूलो योगदान सिर्जना गर्नुका साथै अन्य विकासोन्मुख मुलुकका लागि राम्रो नमूना प्रदान गरेको छ। चीनको धानका पिता कहलाइएका युआन लुङफिङ र उनको टोलीले अनुसन्धान तथा विकास गरेको धान चीन र विदेशमा राम्रो प्रचारप्रसार गरिरहेको छ। उक्त धानको उत्पादन मात्रा क्रमशः नयाँ रेकर्ड सिर्जना गर्दछ। जसबाट फेरि प्रमाणित भइको छ कि: वैज्ञानिक प्रविधिले अन्नपात सुरक्षाको समस्याको समाधान गर्नेमा निकै महत्वपूर्ण भूमिका सिजना गर्दछ।

वर्तमान ग्लोबल अन्नपात सुरक्षाका सामु देखापरेको अवस्था आशाजनक छैन। विश्वका ४३ मुलुकमा ४ करोड ५० लाख जनता अनिकालसँग नजिकिँदै आएका छन्। दक्षिण दक्षिण सहयोगले उक्त संकटको समाधान गर्नका लागि विकासोन्मुख मुलुकबीचको आदानप्रदानलाई प्रवर्द्धन गरिरहेको छ। दक्षिण दक्षिण सहयोगको महत्वपूर्ण सहभागिता तथा प्रवर्द्धकको रुपमा चीनले भविष्यमा अझ ती क्षेत्रमा संयुक्त राष्ट्र संघीय अन्नपात योजना व्युरोसँग अझ गहिरो सहयोग गराउने छ।

ग्लोबल अन्नपात संकट सिर्जना गर्ने कारणहरुमध्ये नयाँ कोरोना भाइरस, कम्जोर अर्थतन्त्र,जलवायुको परिवर्तन,क्षेत्रीय विवाद आदि बाहेक एकपक्षीयवाद,संरक्षणवाद,प्रभूत्ववाद पनि रहेका छन्। त्यसैले अन्नपात संटकको सामनामा विश्वका विभिन्न मुलुकहरुले बहुपक्षीयतावादलाई व्यवहारमा उतार्न वास्तविक गतिविधि संचालन गर्न सक्छन्। संयुक्त सल्लाह,संयुक्त निर्माण,संयुक्त उपभोग भन्ने विचारधारा लिँदै साझा पृथ्वीको निर्माण गरौं।

Close
Messenger Pinterest LinkedIn