नेपाली

स्पिड स्केटिङ सम्बन्धी चिनियाँ खेलाडी चाङ हुङद्वारा ओलम्पिक भावनालाई प्रचार-प्रसार गर्नसक्ने आशा

cri2021-12-27 10:40:03

सन् २०१४ सोची हिउँदे ओलम्पिक खेलकुदमा चिनियाँ खेलाडी चाङ हुङले स्पिड स्केटिङको स्वर्ण पदक जित्नुभएको थियो। सन् २०१८ को फेब्रअरी १९ तारिखमा उहाँले सन्यास लिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिको सदस्य पदमा नियुक्त हुनुभएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिको सदस्यको रूपमा रहेर चीनको बरफ र हिउँ खेलको विकासका लागि योगदान पुर्‍याउनसक्ने र ओलम्पिक भावनालाई व्यक्ति-व्यक्तिसम्म प्रचार-प्रसार गर्नसक्ने आशा उहाँले लिनुभएको छ।

सन् २०१४ सोची हिउँदे ओलम्पिक खेलकुद आयोजना भएको करिब ८ वर्ष बितिसकेको छ, तथापि त्यस प्रतियोगिताबारे चर्चा गर्दा चाङ हुङको मुहारमा खुसी झल्किन्छ,

रेफ्रीले बन्दुक चलाउँदा मैले बन्दुकको ठूलो आवाज मात्र सुनेकी थिएँ। मेरो संसारमा मैले दर्शकहरुको कुनै पनि आवाज सुनेकी थिइन। तथापि मैले आफ्नो सास फेर्ने आवाज सुनेकी थिएँ। यो बरफ प्रतियोगिता मेरो लागि हो भन्ने महसूस भएको थियो। फाइनल लाइन पास गर्दा मैले सबै दर्शकहरुको आवाज सुनेकी थिएँ। र संसार फेरि फर्केको थियो।

अन्त्यमा चाङ हुङले १ मिनेट १४ सेकेन्डको उपलब्धिमार्फत सन् २०१४ सोची हिउँदे ओलम्पिक खेलकुदको १००० मिटरको महिला स्पिड स्केटिङ प्रतियोगितामा च्याम्पिएन बन्नुभएको थियो। हिउँदे ओलम्पिक खेलकुदको इतिहासमा एसियाली खेलाडीले यस खेलमा स्वर्ण पदक प्राप्त गरेको यो पहिलो पटक हो।

वास्तवमा चाङ हुङले ओलम्पिक खेलकुदमा भाग लिनकालागि धेरै कोसिस गर्नुभएको थियो। सन् १९८८ मा चीनको उत्तर-पूर्वी भागमा रहेको हारपिन शहरमा उहाँको जन्म भएको थियो। ७ वर्षको उमेरदेखि उहाँले स्केटिङ सिक्न थाल्नुभएको थियो। १२ वर्षको उमेरमा उहाँलाई हारपिन शहरको पेशागत टोलीमा स्पिड स्केटिङमा छनौट गरिएको थियो। त्यस बेलामा चाङ हुङको पहिलो लक्ष्य राष्ट्रिय टोलीमा प्रवेश गर्ने थियो। मेहनतसँग तालिम लिनुबाहेक उहाँले आफ्नो तौललाई पनि नियन्त्रण गर्नुपरेको थियो। तथापि उहाँको उपलब्धिमा कुनै प्रगति भएको थिएन। धेरै प्रयास गरेपछि मात्र उहाँ सफल हुनुभएको थियो। सन् २०१२ मा चाङ हुङ एसियाली च्याम्पिएनशीप प्रतियोगिताको १००० मिटरको महिला प्रतियोगितामा च्याम्पिएन बन्नुभयो। सन् २०१४ मा उहाँले सोची हिउँदे ओलम्पिक खेलकुदमा स्वर्ण पदक जित्नुभयो। तथापि दीर्घकालीन अवधिदेखि कडा तालिमको कारण सन् २०१७ मा उहाँको घुँडामा गम्भिर समस्या देखिएको थियो। यसपछि, सन् २०१८ मा चाङ हुङले सन्यास लिनुभयो। त्यसपछि उहाँ खेलाडीबाट अन्तर्राष्ट्रिय ओलम्पिक खेलकुद समितिको सदस्य बन्नुभयो। यो नयाँ कामले उहाँलाई थप जिम्मेवारी बनाउनुकासाथै अरु ठूलो दबाव दिएको छ।

मैले एउटा महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेकी छु। म सन् २०२४ हिउँदे युवा ओलम्पिक खेलकुद समन्वय समितिकी अध्यक्ष हुँ। मैले ओलम्पिक खेलकुद समितिको तर्फबाट आयोजक मुलुक लगायत सम्बन्धित पक्षहरुसँग समन्वय गर्नुपर्छ। त्यसैले अब उपरान्त सबै काम राम्रोसँग गर्नसक्ने आशा मैले राखेकी छु।

बरफ र हिउँ खेलको अरु राम्रोसँग प्रचार प्रसार गर्नका लागि चाङ हुङले नियमित रुपमा स्केटिङ सम्बन्धी भिडियो कार्यक्रम बनाएर हिउँदे खेल र ओलम्पिक सम्बन्धी ज्ञानको प्रचार प्रसार गर्दै हुनुहुन्छ। भविष्यमा अरु बढी व्यक्तिहरु बरफ र हिउँ खेल मन पराउनसक्ने आशा उहाँले राख्नुभएको छ।

पैचिङमा अरु बढी युवा खेलाडीहरुले ओलम्पिक खेलकुदमार्फत आफ्नो सपना पूरा गर्नसक्ने आशा मैले राखेकी छु। ओलम्पिक खेलकुद प्रतियोगिता मात्र होइन, त्यो एक किसिमको भावना र मूल्य पनि हो। त्यसैले ओलम्पिक भावना हरेक व्यक्तिलाई हस्तान्तरण गर्नसक्ने आशा पनि मैले राखेकी छु।

Close
Messenger Pinterest LinkedIn