नेपाली

चीन-लाओस रेलमार्ग डिसेम्बर ३ तारिखदेखि संचालन हुने

cri2021-12-03 14:16:31

डिसेम्बर ३ तारिखबाट दक्षिण-पश्चिमी चीनको युननान प्रान्तीय खुनमिङ र लाओसको राजधानी भेन्ट्यान सहर जोड्ने १०३५ किलोमिटर लामो चीन-लाओस रेलमार्ग संचालन हुने भएको छ। चीन-लाओस रेलमार्ग चीनको रेलमार्ग सञ्जालसँग जोड्ने अन्तर्राष्ट्रिय रेलमार्ग हो। यो रेलमार्ग संचालन भएपछि खुनमिङबाट भेन्ट्यान पुग्न छिटोमा करिब दश घण्टा लाग्ने छ। यसअघि लाओसमा ३.५ किलोमिटर लामो रेलमार्ग मात्रै थियो।

चीन-लाओस रेलमार्गमा चीनको मापदण्ड प्रयोग गरिएको छ र “बेल्ट एण्ड रोड” निर्माणको द्योतक परियोजना हो। यो रेलमार्गको निर्माणले लाओसका एक लाख दश हजार मानिसलाई रोजगार दिएको छ। साथै यो परियोजनाको निर्माणका लागि लाओसमा मात्र पाँच अर्ब दश करोड चिनियाँ युआनको स्थानीय सामग्री खरीद गरिएको छ।

चीन-लाओस रेलमार्गको संचालनले लाओसको यातायात ढुवानी बनौटलाई परिवर्तन गर्दै स्थानीय सर्वसाधारणको यात्राका लागि सुविधा उपलब्ध गराउने, पर्यटन, कृषि, जल संभारआदि स्रोत साधनको विकास र शहरीय निर्माणलाई अगाडि बढाउने छ। चीन-लाओस आर्थिक करोडोरको निर्माण गर्न र चीन-लाओस भाग्य समुदायको सिर्जना गर्नका लागि यो रेलमार्गको महत्वपूर्ण अर्थ रहने छ।

Close
Messenger Pinterest LinkedIn