नेपाली

रेलमार्ग चाँडै नेपाल पुग्ने अपेक्षा, लहर बढ्दै

cri2021-12-03 14:29:11

बेल्ट एण्ड रोड निर्माणको प्रतीक परियोजना चीन-लाओस रेलमार्ग डिसेम्बर ३ तारिख संचालनमा आएको छ। चीनको युननान प्रान्तीय सदरमुकाम खुनमिङ र लाओसको राजधानी भेन्टियन जोडिने १०३५ किलोमिटर लामो यस रेलमार्गको संचालन लाओस रेलमार्ग ढुवानी युगमा प्रवेश भएको प्रतीक हो। पर्वतमाला र खोलानाला हुँदै जाने सो रेलमार्ग रूटमा १६७ वटा सुरूङ तथा ३०१ वटा पुलको निर्माण गरिएको छ। साथै सो परियोजनाबाट १.१ लाख लाओसबासीहरूले रोजगारी पाएका छन्।

नेपालीहरूले चीन-लाओस रेलमार्ग संचालनमा आएकोमा बधाई दिँदै सिगाचे-केरूङ रेलमार्ग चाँडै नेपाल-चीन सीमावर्ती क्षेत्रमा पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

Close
Messenger Pinterest LinkedIn