नेपाली

जिम्बाब्वेका युवा चिकित्सकद्वारा चिनियाँ परम्परागत चिकित्साको विकास अनुभावबाट आफ्नो देशको परम्परागत चिकित्साको पुनरुत्थान

cri2021-11-26 16:51:58

चिकित्सामा चीन र जिम्बाब्वेले सहकार्य गर्ने महत्वपूर्ण क्षेत्र हो। हालैका वर्षहरूयता चीनले दक्षिण अफ्रिकी मुलुकहरूतर्फ धेरै चिकित्सा टोली पठाएको, चीन-जिम्बाब्वे मित्रता अस्पतालको निर्माण गरेको र जनशक्ति उत्पादनमा तालिम दिएको छ।

गत वर्षको सेप्टेम्बर चीन-जिम्बाब्वे चिनियाँ परम्पारगत चिकित्सा र एक्यूपंक्चर केन्द्रको जिम्बाब्वेको राजधानी हारारेमा स्थापना भएको थियो। यो केन्द्रले स्थानीय सर्वसाधारणलाई चिनियाँ चिकित्सा सेवा उपलब्ध गराउँछ। यो दुई मुलुकको चिकित्सा सहकार्यले नयाँ भर्‍यांग चढेको द्योतक छ। जिम्बाब्वेका एकजना युवा चिकित्सकले यो केन्द्रमा सिक्दैछिन्। उनले चिनियाँ परम्परागत चिकित्साको विकास अनुभव सिकेर जिम्बाब्वेको परम्परागत चिकित्साको पुनरुत्थान गर्ने आशा लिन्छिन्।

जिम्बाब्वेको पहिलो चिनियाँ एक्यूपंक्चर केन्द्रमा युवा चिकित्सक केरन गुरुरेले चिनियाँ चिकित्सक सुन श्वाङसँग सिक्दैछिन्। चालू वर्ष २७ वर्षकी गुरुरेले सानो उमेरमा अरुलाई उपचार दिने सपना बनाएकी थिइन्। सन् २०१४ देखि सन् २०२०सम्म उनले चीनको च्याङ सी चिनियाँ चिकित्सा विश्वविद्यालयमा सिकेकी थिइन्। उनकाअनुसार, चीनमा अध्ययन गर्दा उनले चिनियाँ चिकित्साको उपचारात्मक प्रभाव देखिन्। त्यसपछि उनले जिम्बाब्वेमा चिनियाँ चिकित्साको विकासलाई अगाडि बढाउने, स्थानीय सर्वसाधारणलाई लाभ दिने आशा लिइन्। उनी भन्छिन् “मैले चीनमा अध्ययन गरेको विश्वविद्यालयमा चिनियाँ परम्परागत चिकित्सा पाठ्यक्रम अध्ययन गरेकी छु। मैले चिनियाँ परम्परागत चिकित्सा सिक्ने र विश्वविद्यालयबाट स्नातक भएपछि चिनियाँ चिकित्सामार्फत उपचार दिन जिम्बाब्वे फर्कने योजना बनाएकी थिएँ। किनभने चिनियाँ परम्परागत चिकित्साको उपचारात्मक प्रभाव राम्रो छ। चिनियाँ परम्परागत चिकित्सा र पश्चिमी चिकित्साको विचार फरक छ। गत वर्ष म जिम्बाब्वे फर्केपछि चिनियाँ परम्परागत चिकित्सा र एक्यूपंक्चर केन्द्रको स्थापना भएको सूचना थाहा पाएँ। त्यसैले मैले सिक्न यहाँ आउने निवेदन गरेँ।”

जिम्बाब्वेको दीर्घकालीन इतिहासको परम्परागत चिकित्सा छ। जिम्बाब्वेको जडीबुटीको प्रशस्त प्रकार छन्। सर्वसाधारणले पनि परम्परागत चिकित्साको उपचारात्मक प्रभाव मान्यता दिन्छन्। गुरुरेकाअनुसार, परिवारको प्रभावका कारण उनले सानो उमेरदेखि विभिन्न जडीबुटीप्रति चासो लिँदै आएकी छन्। विरामी हुँदा उनले पनि परम्परागत चिकित्सा र जडीबुटीमार्फत उपचार लिने गर्छिन्। तर चिनियाँ परम्परागत चिकित्साको तुलनामा जिम्बाब्वेको परम्परागत चिकित्सा र जडिबुटीको आधुनिकीकरण स्तर पुगेको छैन। उनले आफ्नो देशको परम्परागत चिकित्सा र जडिबुटीको विकासको पुनरुत्थान गर्ने आशा लिएकी छन्। उनी भन्छिन् “चीनको परम्परागत चिकित्सा वर्तमान युगसँगसँगै विकास भएको हो। चीनले धेरै परम्परागत चिकित्सा विश्वविद्यालय, परम्परागत चिकित्सा अस्पतालको स्थापना गरेको छ। जिम्बाब्वेले चीनसँग सिक्नुपर्छ, परम्परागत चिकित्सा र जडिबुटीको प्रचार-प्रसार गर्नुपर्छ।”

गुरुरेको विचारमा परम्परागत चिकित्सा क्षेत्रमा चीन र जिम्बाब्वेको समानता छ। उनी भन्छिन् “मैले परम्परागत चिकित्साको प्रमाण पत्र छिटो रुपमा प्राप्त गर्नसक्ने आशा लिन्छु। पछि मैले आफ्नो क्लिनिक खोल्ने, चिनियाँ परम्परागत चिकित्सा र जिम्बाब्वेको परम्परागत चिकित्साद्वारा विरामीलाई उपचार दिने योजना बनाएकी छु।”

Close
Messenger Pinterest LinkedIn