नेपाली

आफूले राम्रो जीवन बिताउने आशा लिनुका साथै विश्वका जनताले राम्रो जीवन बिताउने चिनियाँ जनताको आशा

cri2021-11-25 10:00:27

“थाइल्याण्डको बीन दूध र तयारी चाउचाउ चिनियाँ इन्टर्नेट प्रयोगकर्ताले निकै मन पराउँछन्। चीनको पोशाकआदि सामान थाइल्याण्डका इन्टर्नेट प्रयोगकर्ताले निकै मन पराउँछन्।” थाइल्याण्डको इ-वाणिज्यका संचालकले भर्खरै सम्पन्न भएको चीनको “नोभेम्बर ११” किनमेल महोत्सवबारे उक्त कुरा बताएको हो। दक्षिण-पूर्वी एशियाका करीब ८ लाख वटा स्थानीय कम्पनीले चीनको किनमेल महोत्सवमा भाग लिएका थिए।

नोभेम्बर १९ तारिख पैचिङमा आयोजित तेस्रो “बेल्ट एण्ड रोड” निर्माण गोष्ठीमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरको विकास लक्ष्यमध्ये “सर्वसाधारणलाई लाभ दिनु” एक भाग रहेको बताउनुभयो। वास्तवमा यो आठ वर्षअघि चीनले उक्त प्रस्ताव प्रस्तुत गरेको आरम्भिक उद्देश्य हो। आठ वर्षयता “बेल्ट एण्ड रोड” प्रस्तावले चीन-पाकिस्तानी आर्थिक करिडोर, चीन-मंगोलिया-रुस आर्थिक करिडोर, मोम्बासा-नैरोबी रेलमार्ग, जकार्ता - बान्डुङ द्रुत गतिको रेलमार्ग लगायतका ठोस कदमहरूमार्फत सम्बन्धित मुलुकहरूका सर्वसाधारणहरूलाई फाइदा प्राप्त गराएको छ।

राजनीतिक पारस्परिक विश्वास, अन्तरसन्जाल तथा अन्तरकार्य, जनस्तरीय आदान-प्रदानलाई सबल पार्ने, छिमेकी मुलुकहरूसितको व्यापारलाई विस्तार गर्ने, उत्तम गुणस्तरको उत्पादित-वस्तुको निर्यात गर्न प्रोत्साहन गर्ने कुरा राष्ट्राध्यक्ष सीले उक्त गोष्ठीमा बताउनुभयो।

राष्ट्राध्यक्ष सीले उक्त गोष्ठीमा धेरै पटक “हरित”बारे चर्चा गर्नुभयो। उहाँले विकासोन्मुख मुलुकको हरित र कम कार्बनयुक्त विकासको समर्थन दिने, पर्यावरणीय वातावरण र जलवायुको सहयोगलाई सबल पार्ने कुरामा जोड दिनुभयो। यो चीनले “हरित रेशमी मार्ग”लाई संयुक्त रुपमा अगाडि बढाउने प्रयास हो।

केही दिनअघि संयुक्त राष्ट्र संघको सम्मेलनमा राष्ट्राध्यक्ष सीले चीनले विदेशमा कोइला र विजुली परियोजनाको निर्माण नगर्ने कुरा बताउनुभयो। यो जलवायु परिवर्तनको सामना गर्ने एक ठूलो निर्णय हो।

आठ वर्षमा “बेल्ट एण्ड रोड” लोकप्रिय अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनेको र चीनले खुलापनलाई विस्तार गर्ने, मानव भाग्य समुदायको सिर्जना गर्न अगाडि बढाउने मञ्च बनेको छ। अमेरिकी “न्यूजवीक”ले “बेल्ट एण्ड रोड”लाई “सबैभन्दा सफल र प्रभावशैली आर्थिक परियोजनाहरूमध्येको एक”को रुपमा राखेको छ।

विश्व बैंकको प्रतिवेदनअनुसार, सन् २०३० सम्म “बेल्ट एण्ड रोड” प्रस्तावले विश्वका ७६ लाख जनालाई चरक तहको गरिबीबाट मुक्त हुन र ३ करोड २० लाख जनालाई मध्य तहको गरिबीबाट मुक्त हुन मद्दत दिने छ। समयबाट प्रमाण गरिएअनुसार, चिनियाँ जनताले आफूले राम्रो जीवन बिताउने आशा लिनुका साथै विश्वका जनताले राम्रो जीवन बिताउने आशा लिन्छन्।

Close
Messenger Pinterest LinkedIn