नेपाली

#अल्पसंख्यक जाति# तीव्र गतिको रेलबाट ग्रामीण क्षेत्रमा समृद्धि

cri2021-11-23 09:04:18

वु फु शान पहाड चिनियाँ च्याङ सी प्रान्तीय शाङ राउ शहरको प्रसिद्ध राष्ट्र स्तरीय दृश्य क्षेत्र हो। त्यस क्षेत्रलाई मौरीको जन्मथलो समेत मानिन्छ। तर सहज यातायात नहुँदा धेरै वर्षदेखि वुफुशान वरिपरिका गाउँबस्तिका प्रशस्त्र पर्यटकीय स्रोत र कृषि उत्पादनबारे थोरैलाई मात्र जानकारी थियो। सन् २०१५ जुन महिनामा वुफुशान तीव्र गति रेल सञ्चालनमा आएपछि स्थानीय पर्यटनको विकास हुनुका साथै बासिन्दाहरू पनि क्रमशः धनी बन्दैछन्।

वुफुशान तीव्र रेल स्टेशनबाट लगभग २५ किमी टाढा रहेको वुफुशान बस्तीमा गाउँले हुङ चुङक्वीले मौरीपालन थालेको दश वर्षभन्दा बढी भयो। तीव्र गति रेल सञ्चालनमा आएपछि उनको मह पर्यटकहरूमार्फत् गाउँ बाहिर पुगेका छन्। हुङ चुङक्वीले यसरी भने

“हाम्रो यहाँ पर्यावरण राम्रो छ। यहाँको मह पहाडको जंगली फूलबाट बनेको हो। बिल्कुल स्वाभाविक पनि हो। जुन राम्रो छ तर त्यति महँगो भने छैन। हरेक केजी लगभग दुइ सय युआन हो। हरेक वर्ष शाङसाउ शहर र वरिपरिका जिल्लाले हाम्रो पहाडमा किन्न आउँछन्। आपूर्तिभन्दा माग अझ बढी छ।”

स्थानीय सरकारले प्राकृतिक सहयोग र भत्ता दिएका हुनाले दश वर्षमा हुङ चुङक्वीले पालन गरेको मौरी प्रारम्भको दशभन्दा बढी समूहबाट दुई सयभन्दा बढी समूहसम्म बढेको छ। हुङ चुङक्वी पूरै जिल्लाका सबैभन्दा ठूलो मौरीपालक बनेका छन्। केही वर्षअघि बस्तीले सहयोग नीतिको तर्जुमा गरेको थियो। हुङले गाउँमा कृषि होम्स्टे पनि सञ्चालन गर्न थालेका छन्। पर्यटक बढ्नुका साथै प्रत्यक वर्ष उनको आम्दानी कम्तीमा तीन लाख युआनभन्दा बढी पुगेको छ।

तीव्र गति रेलको सञ्चालनपछि बाहिर काम गर्ने गाउँलेहरू क्रमशः फर्केका छन्। रेल स्टेशनमा पर्ने सशपा बस्तीमा गाउँले छन यीफिङ जन्मथलो फर्केर व्यापार सुरू गरेका छन्। गत शताब्दीको ९०औं दशकमा उनले चच्याङ प्रान्तीय यी उ शहरमा काम गरेका थिए। सन् २०१७ जुन महिनामा उनले यी उबाट फर्केर बक्स- झोला कारखानाको सञ्चालन सुरू गरेका छन्। उनको कारखाना चार तल्ले भवनको छ। कारखानामा लगभग बीसजना महिला कर्मचारी छन्। उनीहरू परिवार छोडेर बाहिर काम गर्न सक्दैनन्। त्यसैले नजिकैको कारखानामा काम गरेर हरेक महिना तीन-चार हजार युआन कमाउने गर्छन्।

छन यीफिङले यसरी मूल्याङकन गरे“बस्तीमा फर्केर परिवारका बुढाबुढीलाई हेरचाह गर्न अझ सुविधा मिलेको छ। साथै बालबच्चालाई हुर्काउन पनि सजिलो हुन्छ। ज्यादै खुशी लागेको छ। जीवन पनि झन् झन् राम्रो हुँदैछ।”

हाल प्रत्येक महिना छन यिफिङको कारखानाले एक लाख बक्स-झोलाको उत्पादन गर्दछ।

रेलले झन् झन् बढी पर्यटकलाई आकर्षित गरेको छ। छ्वान खङ श जातीय गाउँका गाउँले चुङ फूशङले आफ्नो घरमा होमस्टे सञ्चालन गरेका छन्। व्यस्त समयमा हरेक महिनाको आम्दानी कम्तीमा बीस हजार युआन पुग्ने उनले बताए। अफ सिजनमा पर्यटक कम भएको बेला अरू व्यापार गरेबाट वर्षभरि परिवारको आम्दानी सजिलै रूपमा लाखौं युआन पुग्ने छ।

तीव्र गति रेलले सर्वसाधारणको जीवनमा ठूलो परिवर्तन ल्याएको छ। पहाडी क्षेत्रमा बस्ने सर्वसाधारणको जीवन झन् झन् सुन्दर बन्दैछ।

Close
Messenger Pinterest LinkedIn