नेपाली

ग्रामीण क्षेत्रका वासिन्दाहरू द्रूत गतिको रेलमा निर्भर भई समृद्धि उन्मुख

cri2021-11-19 20:49:49

ऊ फु पहाड चीनको च्याङसी प्रान्तीय शाङराउ शहर क्वाङसिन क्षेत्रको प्रसिद्ध राष्ट्रिय स्तरको दर्शनीयस्थल हो। त्यहाँ सुन्दर प्राकृतिक दृश्य र उत्कृष्ट पर्यावरणीय वातावरण छ। त्यो मौरी पालनको लागि प्रसिद्ध गाउँ पनि हो। तर यातायात पूर्वाधार सीमित भएका कारण ऊ फु पहाड वरिपरि गाउँहरूको प्रशस्त पर्यटकीय स्रोत साधन र कृषि उपज चिनिएको थिएन। सन् २०१५ जुन महिना ऊ फु पहाडको द्रूत गतिको रेल स्टेशन संचालन भयो। त्यहाँको पर्यटनमा विकास ल्याइएको थियो। स्थानीय वासिन्दाहरू पनि धनी बनाइए।

ऊ फु पहाड द्रूत गतिको रेल स्टेशन क्वाङसिन क्षेत्रको सशिबा बस्तीमा पर्दछ। द्रूत गतिको रेल संचालन भएपछि ऊ फु पहाड बस्तीका वासिन्दा हुङ चुङक्वैको मह घुम्न गएका पर्यटकहरूमा निर्भर भई चीनको विभिन्न क्षेत्रतर्फ गयो। हुङ चुङक्वैकाअनुसार, उनको गाउँको राम्रो पर्यावरण छ। मह मौरीले पहाडमा हुर्कने जंगली फूलबाट बनाएको हो। उनको मह अर्गानिक छ। त्यसैले महको मूल्य महंगो छ। प्रति किलोग्राम महको २०० चिनियाँ युआन बराबर छ। हरेक वर्षमा शाङराउ शहर र वरिपरिका जिल्लाहरूका वासिन्दाले महको खरीद गर्न उनको गाउँ जाने गर्दछन्। उनले महको बिक्रीप्रति चिन्ता लिनुपर्दैन।

बस्तीको सरकारको प्राविधिक समर्थन र भत्तामा दश वर्षयता हुङ चुङक्वैले पालेको मौरी शुरुमा दश समूहबाट बढेर हालको दुई सय समूह पुगेको छ। उनी पनि जिल्लाको सबैभन्दा ठूलो मौरीपालक किसान बने। केही वर्षअघि बस्तीको सरकारले समर्थन नीति सार्वजनिक गर्‍यो। हुङ चुङक्वैले गाउँमा फार्मस्टे खोलेका छन्। घुम्न उनको गाउँ गएका पर्यटकहरूको संख्यामा निरन्तर रुपमा बृद्धि हुनुका साथै उनको वार्षिक आम्दानी तीन लाख चिनियाँ युआन बराबर छ।

द्रूत गतिको रेल संचालन भएपछि रोजगारीका लागि शहर गएका स्थानीय वासिन्दाहरू जन्मथलो फर्कन थाले। छन यीफिङ रोजगार गर्न जन्मथलो फर्केका एकजना वासिन्दा हुन्। उनले पहिले च च्याङ प्रान्तीय यीऊ शहरमा रोजगारी गरेका थिए। सन् २०१७ जुन महिनामा उनले यीऊबाट फर्केपछि जन्मथलोमा झोला कारखाना खोले। उनकाअनुसार, जन्मथलो फर्केपछि उनले बृद्धबृद्धाको हेरचाह गर्नुका साथै पैसा कमाउन सक्छन्। उनलाई खुशी लाग्यो। उनको परिवारको जीवन अझै राम्रो बन्दैछ। छन यीफिङको झोला कारखाना सशिबा बस्तीको केन्द्रमा पर्दछ। कारखानामा बीस जना महिला मजदूर छन्। परिवारका कारण उनीहरू अरु क्षेत्र जान सक्दैनन्। त्यसैले उनीहरूले छन यीफिङको झोला कारखानामा काम गर्छिन्। उनीहरूले हरेक महिना तीन र चार हजार चिनियाँ युआन कमाउन सक्छन्। हाल छन यीफिङको झोला कारखानाले हरेक महिना एक लाख वटा झोलाको उत्पादन गर्नसक्छ।

यातायात सुविधाजनक बनेपछि चीनको विभिन्न क्षेत्रबाट आएका पर्यटकहरू बढ्दैछन्। पहिलेको पहाडी क्षेत्र, शहरी पर्यटकहरूले मन पराउने पर्यटकीय स्थल बनेको छ। शाङ राउ शहरको क्वारुसिन क्षेत्रको छ्वान खङ श जातीय गाउँका वासिन्दा चुङ फुशङले आफ्नो आबासलाई फार्मस्टेको शैलीमा सजावट गरे। उकाअनुसार, व्यस्त सिजनमा फार्मस्टेको प्रतिमहिना आम्दानी बीस हजार चिनियाँ युआन छ। फुर्सदको सिजनमा उनले अरु काम गर्ने गर्दछन्। एक वर्षमा उनको परिवारको आम्दानी दुई, तीन लाख चिनियाँ युआन पुग्छ।

द्रूत गतिको रेलले पहाडी क्षेत्रका वासिन्दाको जीवनका लागि ठूलो परिवर्तन ल्याएको छ र स्थानीय सामाजिक विकासलाई बढाएको छ। यातायात पूर्वाधारको परिवर्तन ग्रामीण क्षेत्रको पुनरुत्थान बाटो हो। पहाडी क्षेत्रका वासिन्दाहरू समृद्धिको बाटोतर्फ लम्किरहेका छन्।

Close
Messenger Pinterest LinkedIn