नेपाली

अठाइसौँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेला आयोजित

cri2021-11-15 15:17:51

अठाइसौँ पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेला गत सेप्टेम्बर १४ तारिखदेखि १८ सम्म पैचिङमा आयोजना भएको छ। सो मेलाको अवधिमा धेरै कार्यक्रमको आयोजना गरी पुस्तकको माध्यममार्फत चीन र विश्वका अरू देश बीच मानविय आदान-प्रदान गरिएको छ।

यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेलामा ल्याउ निङ विज्ञान प्रकाशन कम्पनीबाट प्रकाशित दुईटा पुस्तकको अंग्रेजी भाषाको संस्करण “चिनियाँ मीठो खानाको कथा: चामल र तरकारी” र “चिनियाँ मीठो खानाको कथा: माछा र मासु” पहिलो पटक सार्वजनिक गरिएको छ। यी दुईटा किताबले मीठो खाना र पकाउने सीपबारे जानकारी दिनुका साथै कथामार्फत मीठो खानाको क्षेत्रीय संस्कृतिको पृष्ठभूमि पनि खोतलेको छ। ल्याउ निङ विज्ञान प्रकाशन कम्पनीका प्रमुख एवम प्रधान सम्पादक सुङ छुन चले प्रकाशन कार्यमार्फत विश्वका अरू देश र विदेशीलाई चीनको उत्कृष्ट परम्परागत संस्कृतिको प्रसारण गर्नसक्ने आशा राख्नुभयो।

मीठो खाना सम्बन्धी संस्कृतिले चीनको परम्परागत संस्कृतिको अरु राम्रोसँग अभिव्यक्त गर्नसक्छ। चीनको परम्परागत संस्कृतिबारे हामीले “युद्धको कलाबारे सुन चको विचारधारा, कन्फ्युसियसको आदर्श वाक्य” लगायत पुस्तकहरुलाई अंग्रेजी भाषामा अनुवाद गरी विश्वमा प्रचार-प्रसार गरेका छौँ। अब, हामी चालीस वटा चिनियाँ किताबहरुको विदेशमा प्रचार-प्रसार गर्ने छौँ।

पल्लो शान सी जन प्रकाशन कम्पनीको प्रदर्शनी क्षेत्रमा “अन्तरिक्षको आकांक्षा” को रुसी र बेलारुसी भाषाको संस्करण सार्वजनिक भएको छ। यस किताबले साँचो ऐतिहासिक घटना, व्यक्तित्व र पृष्ठभूमिको रोचक विवरणमार्फत चीनको अन्तरिक्ष कर्मचारीहरुको “अन्तरिक्ष भावना” बारे बयान गरेको छ। सो किताबको रुसी भाषा संस्करणको प्रकाशन कम्पनी-रुसी खेलकुद र संस्कृति प्रकाशन कम्पनीकी उप-प्रबन्धक येगाजेरिन्नाले उक्त किताब चालू वर्षको अप्रिलमा रुसमा विक्री थालेदेखि राम्रो भइरहेको जानकारी दिँदै भनिन्,

मास्को र सेन्ट पिटर्स्बर्ग लगायत रुसका मुख्य शहरहरुमा यो किताबको राम्रो विक्री भएको छ। रुसका व्यापक पाठकहरुले सो किताबप्रति चासो राखेका छन्। उनीहरुले धेरै सक्रिय मूल्याँकन गरेका छन्। यसका साथै सो किताब हाम्रो कम्पनीको वेबसाइटमा “अन्तरिक्षको सर्भेक्षण” खालको पुस्तक सूचीमा दोस्रो स्थानमा रहेको छ।

यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेलाको मुख्य अतिथि मुलुकको रुपमा पाकिस्तानले विशेष प्रदर्शनी क्षेत्र राखेर प्रशस्त पुस्तक तथा फोटो प्रदर्शन गरेको छ। चीनका लागि पाकिस्तानको राजदूताबासका द्वीतीय सचिव अब्बास यसरी भन्नुहुन्छ,

चिनियाँ जनतालाई पाकिस्तानको इतिहास, निर्माण र संस्कृतिबारे जानकारी दिनका लागि हामीले यहाँ यस प्रदर्शनी क्षेत्रमा राखेका छौँ। आज बिहान धेरै चिनियाँ साथीहरु यहाँ आएर विभिन्न किताबबारे सोधपुछ गरेका मैले देखेँ। चिनियाँ साथीहरुले पाकिस्तानबारे चासो राखेकोमा हामी खुसी छौँ। यस कार्यक्रमबाट चिनियाँहरुले पाकिस्तानबारे राम्रो जानकारी पाउनसक्ने छन् र पाकिस्तानको इतिहासबारे जानकारी लिनसक्ने हाम्रो आशा छ।

यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेलामा १०५ मुलुक र क्षेत्रका करिब २ हजार २ सय प्रकाशन कम्पनी सहभागी भएका थिए। तीध्ये विदेशी कम्पनीको संख्या दुई तिहाई रहेको छ। विदेशी प्रकाशन कम्पनीमध्ये विश्वका ५० प्रतिष्ठित कम्पनीमध्ये १३ वटा र “बेल्ट एण्ड रोड” वरिपरिका ५७ मुलुक र क्षेत्र समावेश थिए।

यस पटकको पैचिङ अन्तर्राष्ट्रिय पुस्तक मेला अनलाइन र अफलाइन जोड्ने तरिकामार्फत आयोजना भएको थियो। इन्टरनेट र वास्तविकता बीचको सिमाना पार भएपछि “इन्टरनेट प्लस” युगको श्रेष्ठताको स्थापना गरिएको छ। जसबाट पुस्तक मेलाको डिजिटलाइजेसनसम्म नयाँ परिवर्तन भई पुस्तक मेलाको अन्तर्राष्ट्रिय स्थान उकासिएको छ।

Close
Messenger Pinterest LinkedIn