नेपाली

तीव्र स्केटिङः सबैभन्दा विस्तृत परिधिमा प्रचलित बरफ खेल

cri2021-11-15 15:12:57

तीव्र स्केटिङ क्यानाडामा विकास भएको खेल हो। त्यो हिउँदे ओलम्पिक खेलकुदका अधिकांश प्रतियोगितामध्ये सबैभन्दा लामो इतिहास बोकेको र सबैभन्दा विस्तृत परिधिमा प्रचलित एक किसिमको खेल हो। तीव्र स्केटिङ ४ सय मिटरको प्रतिस्पर्धात्मक बाटोमा स्केटिङ गतिको प्रतिस्पर्धा गरिने बरफ खेल हो। खेलाडीले ३ मिलिमिटर फराकिलो स्केटिङ-जुत्ता लगाएर बरफमा खेल्नुपर्छ।

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तीव्र स्केटिङ प्रतियोगिता पैचिङ प्रतिस्पर्धात्मक स्थलमा अवस्थित राष्ट्रिय गति स्केटिङ भवनमा आयोजना गरिनेछ। ओलम्पिक खेलकुदमा यो खेलकालागि १४ वटा स्वर्ण पदक छुट्टयाइएको छ।

सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तीव्र स्केटिङ प्रतियोगितामध्ये पुरूष र महिलाका लागि ५ सय मिटर, १ हजार मिटर, १ हजार ५ सय मिटर, ३ हजार मिटर र ५ हजार मिटरका व्यक्तिगत खेल समावेश छन्। यसबाहेक पुरूष र महिलाका लागि केही सामुहिक प्रतिस्पर्धा पनि हुने छन्।

Close
Messenger Pinterest LinkedIn