नेपाली

चीनले पश्चिमी लगानीकर्ताहरूका लागि राम्रो व्यापारिक वातावरण उपलब्ध गराएकोः इटालीका युवा विद्वान

cri2021-11-12 10:02:31

हाल चीनको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला नौ महिनामा चीनले प्रयोग गरेको विदेशी पूंजीमा गत वर्षको सोही अवधिको तुलनामा १९.६ प्रतिशतले वृद्धि भएको छ। हाल विश्व अर्थतन्त्रको पुनरुत्थानको सामु महामारी, ऊर्जा स्रोत संकटआदि अनिश्चित कारक-तत्वहरू देखापरेका छन्। अन्तर्राष्ट्रिय व्यक्तिहरूले चीनले अझै उच्च स्तरको बाह्य खुलापनलाई अगाडि बढाउन, विदेशी लगानीको व्यापारिक वातावरण सुधार गर्न, विश्वसँग चीनको विकास मौका बाँड्ने संभावना देखेका छन्।

केही दिनअघि इटालीका युवा विद्वान भेनेसा कोम्बाटेलीले आफ्नो अध्ययनलाई पुस्तकमा संकलन गर्नुभयो। उहाँले “अर्थतन्त्र तथा व्यापार र वाणिज्य, चीनले हामीलाई के सिकाउनसक्छ”शीर्षकको पुस्तक प्रकाशित गर्नुभयो।

सन् २०२०मा चीनले १ खर्ब ६३ अर्ब अमेरिकी डलरको विदेशी प्रत्यक्ष पूँजी भित्र्याएको थियो र यसले विश्वको १९प्रतिशत ओगटेको थियो। चीनको वाणिज्य मन्त्रालयले गत अक्टोबर २० तारिख सार्वजनिक गरेको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला नौ महिनामा चीनले प्रयोग गरेको विदेशी पूंजीको कुल रकम ८ अर्ब ५९ अर्ब ५१ करोड चिनियाँ युआन पुगेको थियो।

स्नातकोत्तर डिग्री पढ्दा भेनेसाले चीनको लगानी वातावरणलाई महत्वपूर्ण अध्ययनको रुपमा राख्नुभयो। उहाँको विचारमा चीनको विदेशी लगानीको आकर्षण शक्ति निरन्तर रुपमा बलियो भएका कारण लगानीकर्ताका लागि चीन सुरक्षित भएको हो। उहाँ भन्नुहुन्छ “मेरो विचारमा यो विदेशी पूंजीको तथ्यांकबाट चीनले महामारीको असरमा अर्थतन्त्रलाई स्थिर पारेको कुरा देखिएको छ। स्थिरता सबैभन्दा महत्वपूर्ण छ। यस क्षेत्रको बजार संवेदनशील छ। लगानीकर्ताले सुरक्षित क्षेत्रमा लगानी गर्ने कुराको छनौट गर्छन्।”

हालका वर्षहरूयता चीनले खुलापनलाई विस्तार गर्ने, सेवा स्तरलाई माथि उकास्ने, विदेशी लगानीकर्ताको अधिकारको संरक्षण गर्ने, व्यापारिक वातावरण सुध्रनेआदि कदमहरू सार्वजनिक गरेको छ। उहाँको विश्लेषणअनुसार, चीनले पश्चिमी लगानीकर्ताहरूद्वारा प्रशंसा गरिएको कानूनी प्रणालीको तर्जुमा गरेको छ। उहाँ भन्नुहुन्छ “आजको चीनले कानूनमार्फत लगानीको प्रत्याभूति गर्दैछ। सन् २०२०मा विदेशी लगानी कानून लागू भएपछि चीनको लगानी वातावरण सुध्रिएको छ। चीनले पहिले विदेशी लगानीकर्तालाई प्रवेश गर्न निषेध र अवरोध गर्ने लगानी क्षेत्र रद्द गरेको छ।”

चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षको जनवरीदेखि सेप्टेम्बरसम्म चीनले प्रयोग गरेको विदेशी पूंजीका मुलुकबाट हेर्दा “बेल्ट एण्ड रोड” आबद्ध मुलुकहरू र आशियान मुलुकको प्रत्यक्ष लगानी गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतले वृद्धि भएको थियो। भेनेसाकाअनुसार, इटाली “बेल्ट एण्ड रोड”मा संलग्न भएको पहिलो पश्चिमी मुलुक हो। इटालियनहरूले चीनको विकासमाथि ध्यान दिन्छन्। भेनेसाले भविष्यमा इटाली र चीनबीचको व्यापारको काम गर्ने योजना बनाउनुभयो। उहाँ भन्नुहुन्छ “मेरो विचारमा दुई मुलुकको सम्बन्ध अझै राम्रो हुने छ। किनभने हामीले एक अर्काबाट सिक्नसक्छौं। दुई मुलुकको गहिरो सँस्कृति छ। “बेल्ट एण्ड रोड”प्रस्तावबाट दुई मुलुकले आर्थिक वृद्धिलाई बढाउनसक्छन्। यो हितकर आर्थिक सम्बन्ध हो। हाल म मिलानमा उद्योग-व्यवसाय ऐन सिक्दैछु। भविष्यमा मैले कम्पनीमा इटाली र चीनबीचको व्यापारिक काम गर्ने योजना बनाएको छु।”

Close
Messenger Pinterest LinkedIn