नेपाली

खुलापनको नमूना चीनले विश्वको साझा विकासका लागि उत्प्रेरक शक्ति थपिरहेको

cri2021-11-11 19:26:02

नोभेम्बर ६ तारिखदेखि ८ तारिखसम्म “विश्व, एसिया र चीनको पहिलो प्रदर्शन” सम्बन्धी धेरै उत्पादित वस्तु, प्रविधि र सेवाहरु चौथो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा प्रदर्शन गरिँदैछन्। जसले दर्शकहरुलाई आकर्षक दृश्य प्रस्तुत गर्नुका साथै सहयोग र साझा विकासको एउटा नयाँ मञ्च पनि गठन गरेको छ।

आविष्कार आर्थिक विकासलाई डोर्‍याउने पहिलो इन्जिन हुनुका साथै विगतका आयात एक्स्पोहरूको सबैभन्दा चर्चित विषय पनि हो। यस पटकको आयात एक्स्पोमा सहभागी ६२ व्यवसायहरुले सामूहिक रुपमा १०० भन्दा बढी नयाँ उत्पादित वस्तु, उन्नत प्रविधि र नयाँ सेवा सार्वजनिक गर्नेछन्, तीमध्ये आधाभन्दा बढी विश्वमा पहिलो पटक सार्वजनिक गरिनेछ र तीमध्येका धेरै नयाँ वस्तु चिनियाँ बजारका लागि विशेष रुपमा उत्पादन गरिएको हो।

“विश्वको पहिलो प्रदर्शन” किन चीनमा सामूहिक रुपमा सार्वजनिक हुँदैछ त? चीनको अर्थतन्त्रको जीवन्त शक्ति प्रतिबिम्बित गर्दै चिनियाँ बजारप्रति आयात एक्स्पोको विश्वास र चीनको विकासको सुअवसर समात्ने इच्छा यसबाट अभिव्यक्त भएको छ।

एकातिर १ अर्ब ४० करोड जनसंख्या भएको र ४० करोड मध्यम आय भएको चीनलाई कुनै पनि अन्तर्देशीय व्यवसायले बेवास्ता गर्न नसक्ने विशाल बजार हो। अर्कातिर चीनमा व्यापार सम्बन्धी वातावरणमा निरन्तर रुपमा सुधार हुँदै आएको छ, विशेष गरी चीनले बौद्धिक सम्पदा अधिकारलाई सबल पार्दै आएको छ, जसबाट अन्तर्राष्ट्रिय व्यवसायहरुले नयाँ प्रविधि र नयाँ उत्पादित वस्तुहरुलाई चिनियाँ बजारमा लैजाँदा चिन्तित हुनुपर्ने अवस्था छैन।

यस पटकको आयात एक्स्पोको उद्घाटन समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले जोड दिएको “चीनले उच्च स्तरिय खुलापनको विस्तार गर्ने संकल्पमा परिवर्तन नगर्ने” वचनबद्धताले बाह्य क्षेत्रमा गहिरो छाप पारेको छ।

चीनको दृष्टिकोणमा सबै देशको मिलेर विकास गर्नु नै वास्तविक विकास हो र सबैको साझा समृद्धि नै वास्तविक समृद्धि हो। "शेयर" सधैं चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको विषयवस्तु भएको छ। यस वर्ष ३३ अति कम विकसित देशका करिब ९० कम्पनीले चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको प्रदर्शनीमा सहभागिता जनाएका छन्। विगतका वर्षहरूमा जस्तै चीनले यी उद्यमहरूलाई पर्याप्त सुविधा प्रदान गरेको छ। चीन अन्तर्राष्ट्रिय आयात एक्सपोले कम विकसित देशहरूलाई बहुपक्षीय व्यापार प्रणालीमा एकीकृत गर्न दुर्लभ प्लेटफर्म प्रदान गर्दछ।

संयुक्त राष्ट्र संघ अन्तर्गत व्यापार विकास समितिका महासचिव रेबेका ग्रिनस्पेनले औंल्याउनुभयो, “चीन धेरै विकासोन्मुख देशहरूको प्रमुख व्यापारिक साझेदार हो र विश्वका कम विकसित देशहरूको निर्यात व्यापारको २०% चीनसँग सञ्चालन हुन्छ, चीन अन्तर्राष्ट्रिय आयात एक्सपो चार वर्षसम्म चल्यो, यो यति सफल भएको देख्दा धेरै खुसी छ।”

खुलापनको नमूना चीनले चिनियाँ बजारलाई विश्वको बजार बनाउँदै साझा विकासका लागि उत्प्रेरक शक्ति थपिरहेको छ।

Close
Messenger Pinterest LinkedIn