नेपाली

चीनको रेलद्वारा चीन र विश्वसँग जोड्न गति प्रदान

cri2021-11-05 15:06:35

हाल चीन यातायातको शक्तिशाली मुलुकको निर्माण गर्ने बाटोमा हिँड्दैछ। चीनको रेलको उच्च गुणस्तरको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्दैछ। नयाँ चीनको स्थापना भएको सत्तरी वर्ष खास गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चीनको रेल सञ्जालको परिमाणमा तीब्र रुपमा बृद्धि भएको छ। चीनको रेलको विकासले चीनको अर्थतन्त्र र समाजको विभिन्न क्षेत्रको विकासलाई बढाउनुका साथै चीनलाई विश्वसँग जोड्नका लागि योगदान दिएको छ।

“मोबाइल फोनद्वारा रेल टिकटको खरीद गर्न र फिर्ता लिनसकिन्छ। पहिले दुई दिने यात्रा हाल चार घण्टामा छोटिएको छ। विहान मेरो शहरबाट प्रस्थान गर्छु। पैचिङ पुगेपछि काम पूरा गरेपछि म बेलुकी मेरो शहर फर्कँछु।”

सन् २०११ पैचिङ-शांगहाई द्रुत गतिको रेल संचालन भयो। छ वर्षपछि “फुसिङ नम्बर” द्रुत गतिको रेल पैचिङ-शांगहाई रेलमार्गमा हरेक घण्टा ३५० किलोमिटरको गतिले संचालन भयो। यो रेल संचालन भएपछि यात्रुको यात्रा विचार र जीवन शैलीमा परिवर्तन भएको छ।

पैचिङ-शांगहाई द्रुत गतिको रेल चीनको रेलमार्गको तीब्र विकासको सूक्ष्म छबि हो। नयाँ चीनको स्थापना भएको शुरुमा चीनको रेलमार्गको कुल लम्बाई २२ हजार किलोमिटर मात्रै थियो। सन् २०२०को अन्त्यसम्म रेलमार्गको कुल लम्बाई १ लाख ४६ हजार किलोमिटर पुगेको थियो भने तीमध्ये द्रुत गतिको रेलको लम्बाई ३८ हजार किलोमिटर थियो। चीनको राष्ट्रिय रेलमार्ग व्यूरोका निर्देशक लिउ चनफाङ भन्नुहुन्छ “चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता निर्माण भएको नयाँ रेलमार्गको लम्बाई ५३ हजार किलोमिटर छ। तीमध्ये द्रुत गतिको रेलको लम्बाई ३१ हजार किलोमिटर छ। चीनको द्रुत गतिको रेलले ५लाख जनसंख्याका शहरूमध्येका ९२ प्रतिशतका शहरलाई ढाकेको छ।”

रेलमार्ग सञ्जाल पनि गरिब पहाडी क्षेत्र गरिबीमुक्ति र धनी बनाउने इंजिन बनेको छ। छङतु-खुनमिङ रेलमार्गमा रहेको नम्बर ५६३३ रेल विगत तीस वर्षमा स छ्वानका यी जातीय वासिन्दाले यात्रा गर्ने महत्वपूर्ण सवारी साधन बनेको छ। स्थानीय वासिन्दाहरूले यो रेलमार्फत पहाडी क्षेत्रको उत्पादित वस्तुलाई बिक्री गर्न शहर जाने गर्दछन्। स्थानीय वासिन्दा भन्छन् “रेल नभएमा हाम्रो खाना र लुगाकपडा छैन।” “रेल नभएमा हामीले पैसा कमाउन सक्दैनौं।”

नयाँ चीनको स्थापना भएयता चीनले समुद्री सतहदेखि विश्वको सबैभन्दा अग्लो पठारभूमि रेलमार्ग, विश्वमा सबैभन्दा द्रुत गतिको स्मार्ट रेलमार्गको निर्माण गरेको छ। यसका साथै चीनको रेलमार्गले पनि विश्वका अरु मुलुकमा विकास र समृद्धि ल्याएको छ। चिनियाँ उद्योग-व्यवसायद्वारा डिजाइन र निर्माण गरिएको नाइजेरियाको लागोस-इबाडान रेलमार्गले नाइजेरियाको पहिलो ठूलो शहर लागोसमा आधुनिक रेलमार्ग नभएको इतिहास समाप्त गरेको छ। नाइजेरियाको राष्ट्रिय रेलमार्ग कम्पनीका महाप्रबन्धक अडोला अडोकुन भन्नुहुन्छ “यो रेलमार्गले हामीलाई विकास ल्याउने छ। यस बाहेक, यो रेलमार्गले हामीलाई सुखमय जीवन ल्याउने छ। निर्माण पूरा भएपछि सबैले पूर्ण प्रबन्धको रेलमार्ग हेर्ने, एक राम्रो रेलस्टेशन हेर्ने छन्। हामीले राम्रोसँग यो रेलमार्गको प्रयोग गर्ने छौं, किनभने यसले नाइजेरियालीहरूलाई आशा ल्याउने छ।”

Close
Messenger Pinterest LinkedIn