नेपाली

#अल्पसंख्क जाति# विश्वविद्यालयबाट स्नातकपछि तिब्बती मोथोमा व्यवसाय सुरु गर्ने मनपा जातीय विद्यार्थी

cri2021-11-02 10:23:45

केही वर्षयता तिब्बतमा विश्वविद्यालयबाट स्नातक विद्यार्थीहरूको रोजगारी दबाव बढदैछ। नयाँ सोचसँगै स्वतन्त्र रूपमा व्यवसाय सुरू गर्नु रोजगारको महत्वपूर्ण मञ्च बनेको छ।

तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी भागमा पर्ने मनयु र मोथो क्षेत्रमा १०,५६१ को सङ्ख्यामा मन पा जातीय मानिसहरू बस्छन्। मोथो जिल्लाअन्तर्गत ८०० मिटरको उचाइमा दसिङ नामक मन पा जातीयहरूको बसोबास गाउँ छ। सन् २०२० सम्म उक्त गाउँमा ९५ परिवारका करिब ३८० जना गाउँलेहरू छन्। त्यहाँ मुख्य पेशा भनेको कृषि हो।

२७ वर्षीय लोपु ट्रेरेन द सिङ गाउँको बासिन्दा हुन्। दुई वर्षअघि उनले स छ्वान प्रान्तीय छङ तु विज्ञान तथा प्रविधि विश्वाविद्यालयबाट स्नातक उत्तीर्ण गरेका हुन्। उनले दुईपटक सरकारी कर्मचारीको परीक्षामा भाग लिए तापनि असफल भएका थिए। त्यसैले उनले जन्मथलो फर्केर नयाँ व्यवसाय सुरू गर्ने निर्णय गरेका थिए।

लोपु ट्रेरेनले व्यवसाय सुरू गर्नुअघि स्थानीय अवस्थाबमोजिम राम्रो योजना बनाउनुपर्ने विचार गरे। उनले हिमालयको दक्षिण तर्फमा पर्ने मोथो जिल्लाको दसिङ गाउँ लामो समयसम्म घाम लाग्ने, पानी प्रचुर मात्रामा पर्ने, माटो ओसिलो, सफा वायु र स्वच्छ वातावरण भएको ठाउँको रूपमा देखे। यो ठाउँ उष्णकटिबंधीय फलफूल खेती गर्न ज्यादै उपयोगी भन्ने बुझे। साथै तिब्बती सरकारले रोपनलाई समर्थन पनि गरेको छ। यदि सफल भएमा आफ्नो जीवनको मूल्य साकार हुनुका साथै स्थानीय रूपमा रोजगारी र समृद्धि भित्र्याइनेछ। त्यसैले उनले परीक्षात्मक रूपमा पिटाया अर्थात् ड्र्यागन फलको रोपन गर्नथाले। सन् २०१८ मा उनले लिनच शहरबाट विश्वविद्यालयबाट स्नातक विद्यार्थीका लागि ५० हजार युआनको सुरूवाती पूँजी पाएका थिए। आफ्नो करिब एक लाखको बचत जोडेर ४००० वर्गमिटरको क्षेत्रमा ड्र्यागन फल रोपन सुरू गरे। त्यसबाहेक उनले किवी, चेस्टनट आदि फलफूलहरू पनि खेती गर्नथाले।

सन् २०२० बाट उनले यी फलफूलहरूको विक्री सुरू गरे। प्रशस्त उत्पादन नभएकाले त्यस वर्ष उनले लगभग १० हजार युआन मात्र कमाए। लोपु ट्रेरेनले वेबसाइटमा फलफूलको मल हाल्ने, किटनाशक मल राख्ने, छाँट्ने, परागण गर्ने प्रविधि सिके। यद्यपि सरकारले निःशुल्क तालिम धेरै दिने भए तापनि उष्णकटिबंधीय खेतीसम्बन्धमा कम छ। त्यसैले उनले अरू क्षेत्रमा यो प्रविधि सिक्ने योजना बनाइरहेका छन्। त्यसबाहेक उनले ३ लाख युआनको ऋण लिएर फलफूल खेतीको विकास गर्ने योजना पनि बनाउँदैछन्। साथै उनले पर्यटकलाई फलफूल टिप्ने अनुभव पनि सुरू गरेका छन्।

लोपुकी श्रीमती सिराउ छोम पनि विश्वविद्यालयबाट स्नातक विद्यार्थी हुन्। त्यसैले लोपुले कृषिको विकासका साथै सिराउ छोमले होमस्टेको सञ्चालन सुरू गरिन्। हाल उनीहरूको घरआवासमा ६ वटा मनपा जातीय परम्परागत कक्षहरू छन्।

यो युवा जोडीको नयाँ व्यवसाय भर्खरै सुरू भएको छ। उनीहरूको विचारमा निरन्तर प्रयास र मेहनती भएमा जीवन समृद्ध र उज्यालो हुनेछ।

Close
Messenger Pinterest LinkedIn